सभापति देउवाले बोलाए बैठक, यी विषयमा हुनेछ छलफलहरू

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र उप–राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ । सभापति शेरबहादुर देउवाले राजनीतिक अवस्थाका बारेमा रणनीति बनाउने बैठक बोलाएका हुन् ।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

पौडेलले सांसद पदबाट राजीनामा दिएका छन् । तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित पौडेलले छाडेको क्षेत्रमा उप–निर्वाचन हुनेछ । उप–निर्वाचनमा कसलाई टिकट दिने भन्ने विषयमा पनि छलफल हुनेछ ।

सरकारमा सहभागी हुने विषयमा पनि कार्यसम्पादन समिति बैठकमा छलफल हुनेछ ।

Published : Tuesday, 2023 March 14, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया