एमालेको सक्रिय राजनीति र चितवन- २ बाट उम्मेदवार बन्न विद्यादेवी भण्डारीलाई सुझाव

काठमाडौं । एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउन सक्ने चर्चा चलेको छ ।

सोमबारदेखि राष्ट्रपति पदबाट अबकास पाएकी भण्डारीले सक्रिय राजनीतिमा रुचि देखाएको एमालेभित्र चर्चा छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पनि भण्डारीलाई एमालेको नेतृत्व दिन चाहेको चर्चा हुने गरेको छ । ओलीले भण्डारीलाई पहिलो महिला राष्ट्रपति बनाएको र एमालेको पनि पहिलो अध्यक्ष बनाउन चाहेको चर्चा छ ।

एमालेका महासचिव शंकर पोखरेलले पनि पूर्वउपाध्यक्ष भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन सुझाव दिएको चर्चा छ । महासचिव पोखरेल पूर्वउपाध्यक्ष भण्डारी निकै निकट मानिन्छन् ।

राष्ट्रपतिको भूमिका रहेका बेला भण्डारीले एमालेको ओली गुटलाई मात्रै संरक्षण गरेको आरोप छ । एमालेले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष बनाउनेगरि गृहकार्य थालेको चर्चा पनि छ ।

भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा जाने वा नजाने केही भनेकी छैनिन् । उनले आफू निकटका नेताहरूसँग सोमबार साँझदेखि नै परामर्श थालेकी छिन् ।

ओलीको विरोधी गुटले पूर्वउपाध्यक्ष भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउनबाट रोक्ने प्रयास पनि गरेको छ । भण्डारीलाई एमालेको राजनीतिमा सक्रिय हुँदै संसदमा प्रवेश गर्न पनि सुझाव दिएका छन् ।

चितवन क्षेत्र नं. २ बाट सांसद बनेर मुलुककै पहिलो महिला प्रधानमन्त्री पूर्वउपाध्यक्ष भण्डारीलाई सुझाव दिएका छन् ।

एमालेका केही नेताहरूले वैशाख २ गते चितवन–२ मा हुने प्रतिनिधि सभाको उप–निर्वाचनमा भाग लिन पनि प्रस्ताव गरेको बुझिएको छ ।

एमालेका महिला नेतृहरुले पनि भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा सहभागी हुन जोड गरेका छन् ।

राष्ट्रपति पदबाट अबकास पाएकी एमालेकी पूर्वउपाध्यक्ष भण्डारी जेठी छोरी उषाकला भण्डारीको भाडाको घरमा सरेकी छिन् ।

सोमबार नै भण्डारीलाई एमालेका महासचिव पोखरेल, नेताहरू भानुभक्त ढकाल, विष्णु रिमाल, राजन भट्टराई लगायतका नेताहरूले भेट गरेका छन् ।

Published : Tuesday, 2023 March 14, 10:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया