पौडेलद्वारा राष्ट्रपतिको कार्यभार सम्हाले, के गरेर पहिलो निर्णय ?

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेका छन् ।

सोमबार शीतल निवासस्थित कार्यकक्षमा पौडेलले कार्यभार सम्हालेका हुन् । उनले पहिलो निर्णय पनि गरेका छन् ।

राष्ट्रपति पौडेलले इजिप्टका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साललाई नियुक्त गरेका हुन् ।

लम्साललाई मोरोक्को अधिराज्यका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ ।

पौडेलले आजै नेपालको संविधानको धारा ७१ बमोजिम कायम मुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

पौडेलले राष्ट्रपति पदको कार्यभार सम्हाल्ने बित्तिकै राजदूत नियुक्त गरेका छन् ।

Published : Monday, 2023 March 13, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया