रामचन्द्रलाई विद्याले कुर्सी छाडिदिइन्, मलिन हुँदै शीतल निवासबाट बाहिरिइन् भण्डारी
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका थिए ।
कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष खड्गप्रसाद ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र झलनाथ खनाल लगायतको उपस्थिति रहेको थियो ।
पौडेलले राष्ट्रपति पदको शपल लिएपछि भण्डारी विदाइ भएकी छिन् । भण्डारीलाई बालुवाटारमा रहेको उनको छोरीको घरमा लगेर छाडिएको छ ।
शीतल निवासमा भण्डारी निकै निरास र हतास देखिएकी थिइन् । सात वर्ष शीतल निवासमा राष्ट्रपतिका रुपमा बसेर हालीमुहाली गरेकी एमालेकी पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारी मनिल हुँदै बाहिरिएकी हुन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको इशारामा काम गरेका कारण निकै आलोचित र विवाद बनेकी थिइन् । एमालेको एउटा गुटको मात्रै राष्ट्रपति बनेको भनेर भण्डारीको निकै आलोचना भएको थियो । सोमबारबाट भण्डारीको विभेदकारी कार्यबाट मुलुकले मुक्ति पाएको छ ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया