रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति पदको शपथ लिने

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

राष्ट्रपतिको कार्यालयले पौडेलको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको छ ।

नेपालको संविधानमा राष्ट्रपतिले कार्यभार सम्हाल्नुअघि प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्छ ।

नवनिर्वाचित राष्ट्रपति पौडललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।

Published : Sunday, 2023 March 12, 1:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया