निकै पीडा दिएर बालिका हत्या अभियोगमा बेमतेनीबाट सोनिया पक्राउ, १७ जना पहिला नै पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देहीले बालिका हत्याको अभियोगमा कथित ‘झाक्री’ २२ वर्षीया सोनिया रेश्मीलाई पक्राउ गरेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० निवासी १४ वर्षीया बालिका सीता ज्ञवालीलाई लछारपछार गरि कुटपिट समेत गरेर हत्याको अभियोगमा सोनियालाई पक्राउ गरिएको निमित्त प्रवक्ता (ईन्स्पेक्टर) दीपक कुँवरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बेमतेनी बस्ने सोनियाले कुटपिट गर्दा फागुन २० गते मध्यराति साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । झारफुकको बहानामा कुटपिटबाट मृत्यु भएकी सीताको सोही दिन राति नै अन्तिम दाहासंस्कार भएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले सुक्ष्मरुपमा अनुसन्धान भइरहेको जनाएको छ । सो घटनामा संलग्न रहेको अभियोगमा रुपन्देही प्रहरीले १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
बालिकाको उपचार गर्न भनेर झाक्री सोनियाले लछारपछार गर्नुका साथै पानी टाउकोमा खन्याएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा छरपस्ट भएको छ । सो भिडियोका विषयमा पनि प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया