राष्ट्रपति निर्वाचनमा कांग्रेससँग हारेपछि ओली बार्दलीबाट सिधै सडकमा झरे
काठमाडौं । राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससहितका दलहरूको गठबन्धनले ‘बोल्ड आउट’ गरेपछि ‘शोक’मा परेको एमालेका अध्यक्ष खड्गप्रसाद ओली एकाएक सडकमा पोलेको मकै खान पुगेका छन् ।
शुक्रबार ओलीले सडकमा पोलेको मकै खाएको कुरा मज्जा आएको उल्लेख गरेका छन् ।
ओलीलाई सडकमा मकै खानु मज्ज कसरी रमाइलो भयो ? ओली साधारण व्यक्ति होइनन् । उनी एमालेका अध्यक्ष हुन् । त्योभन्दा पनि उनी दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् ।
प्रधानमन्त्री हुँदा ओलीले किन सडकमा मकै पोल्ने व्यक्तिलाई देखेनन् । किन त्यस बेला गाडीबाट ओर्लिएर पोलेको मकै खाएनन् ? गम्भीर प्रश्न उठेको छ ।
ओलीले बालबालिकालाई यसभन्दा अगाडि किन देखेनन् ? सस्तो लाकप्रियताका लागि ओलीले गर्ने यी फण्डाहरूको कुनै अर्थ छैन । ओली पार्टीभित्र निकै निरंकुश छन् । एमालेका नेताहरू ओलीविरुद्ध चुसुक्क पनि बोल्न सक्दैनन् । ओलीका अगाडि एमालेका नेताहरू दास बनेर बसेका छन् ।
माओवादी केन्द्रसँगको गठबन्धन भत्काउनुमा ठूलो भूमिका र हात ओलीकै छ । राष्ट्रपति पदमा एमाले निर्वाचित हुने पक्का भएको हुन्थ्यो भने ओलीले कदापि सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने थिएनन् । राष्ट्रपति बनाउन ओलीको रुचि अर्कै व्यक्तिमा थियो भनेर एमालेकै केही नेताहरूले बताउने गरेका छन् ।
राष्ट्रपति पदको निर्वाचनमा भएको पराजयको आलोचनाको सामना गर्न ओली बालकोटको बार्दलीबाट झरेर सडकमा मकै खाएको सस्तो लोकप्रियता देखाएर बच्ने प्रयास गरेका छन् ।
ओली चारैतिरबाट एक्लिएपछि तनावमा छन् । तनावमा परेका ओलीले सडकमा पोलेको मकै खाएर र बालबालिकासँग भेट गरेको तस्विर सार्वजनिक गरेर पार्टीभित्रको आलोचना तथा आक्रोश मत्थर बनाउन खोजेका छन् । ओलीको यो रणनीति हो ।
ओलीको आधिकारिक ट्वीटरमा लेखिएको छ, ‘पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’
ओली प्रधानमन्त्री बनेका बेला सडकमा मकै पोल्न गरिव जनताको दुःख किन देख्न सकेनन् । अहिले त्यो गरिव जनताले पोलेको मकै खान ओली सडकमा आउनु परेको छ । ओलीले अझै कुन हदसम्मको फण्डा गर्ने हुन् हेर्न बाँकी छ ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया