पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उप–सभापति खड्का नेतृत्वको संयन्त्रले दियो धन्यावाद र बधाइ
काठमाडौं । राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ तथा कार्यकालको शुभकामना दिएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको बैठकले पौडेललाई मतदान गरेर विजयी बनाउने मतदाताहरूलाई धन्यावाद दिँदै आभार प्रकट गरेको संयन्त्रका
संयोजक एवं नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले बताएका छन् ।
‘२०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेश्रो राष्ट्रपतिमा अत्याधिक मत प्राप्त गरी निर्वाचित हुनु भएकोमा रामचन्द्र पौडेललाई बैठकले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्यो’, सदस्य सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘मिति २०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा आठ दलबाट प्रस्तावित उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व सभामुख रामचन्द्र पौडेललाई अत्याधिक मतका साथ निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पूर्ण राजनीतिक दल र संघीय संसद तथा प्रदेश सभा सदस्यहरूलाई बैठकले आभार तथा हार्दिक धन्यवाद व्यक्त गर्यो’, बैठकपछि जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संयन्त्रले भनेको छ, ‘राष्ट्रपति निर्वाचन सफलतापूवर्क सम्पन्न गर्ने निर्वाचन आयोग तथा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय र निर्वाचनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सञ्चारकर्मीहरूलाई बैठकले धन्यवाद व्यक्त गर्यो ।’
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई आठ दलीय गठबन्धनसहितका दलहरूका सांसदहरूको समर्थनमा अत्याधिक मतसहित विजयी भएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया