खुसी बाँड्न धुम्बाराही पुगे पौडेल, देउवा-राणाद्वारा भव्य स्वागत, खुसीले गुञ्जियो कांग्रेस

काठमाडौं । राष्ट्रपति पदमा निर्वाचित हुनेवित्तिकै रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेर धन्यावाद दिएका छन् ।

बिहीबार साँझ पौडेलले धुम्बाराहीस्थित निवासमा पुगेर देउवालाई धन्यावाद दिएका हुन् । सभापति देउवाले पनि पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाइ र शुभकामना दिएका छन् ।

सभापति देउवा र आरजु राणाले पौडेललाई दुबोको माला लगाइदिएर भव्य स्वागत गरेका छन् । उनीहरूका बीचमा निकै हर्सोल्लासका कुराकानी भएको प्रत्यक्षदर्शी एक नेताले बताएका छन् ।

सभापति देउवाले अबको ५ वर्षको कार्यकाल निकै सफलताका साथ पूरा गर्न शुभकामना दिएका छन् । जवाफमा पौडेलले आफूले संविधानको रक्षा गर्दै जनता र राष्ट्रपतिबीचको सम्बन्ध कस्तो हुनुपर्छ व्यवहारमा देखाउने प्रतिवद्धता जनाएका छन् ।

कांग्रेसले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो । पौडेललाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)सहितका दलहरू समर्थनमा जित हासिल भएको छ ।

Published : Thursday, 2023 March 9, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया