इन्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको जहाज सकुशल अवतरण

काठमाडौं । श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

बिहीबार बिहान काठमाडौंबाट भैरहवाका लागि उडेको जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गराइएको छ ।

उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । जहाजमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।

काठमाडौंबाट उड्नासाथ जहाजको इन्जिनमा आगो देखिएको भनेर चालक दलका सदस्यले टावरलाई जानकारी गराएको बुझिएको छ ।

आगो देखिएको सूचना पाएपछि टावरले जहाजलाई काठमाडौं फर्काइएको थियो ।

श्री एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजमा आगो देखिएको विषयमा केही भनेका छैनन् ।

Published : Thursday, 2023 March 9, 10:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया