राष्ट्रपतिका उम्मेदवार पौडेलले भोट माग्दै संसद भवन परिसरमा के भने ?
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता समेत रहेका राष्ट्रपति पदका उमेदवार रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित हुनेमा ढुक्क रहेको बताएका छन् ।
बिहीबार बिहान निर्वाचनस्थल संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै पौडेलले सबै सांसदहरूको आफूलाई शुभेच्छा रहेको बताएका छन् ।
पौडेलले आफूलाई एमालेका सांसदहरूले पनि मत दिने विश्वास व्यक्त गरेका छन् । उनले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने विश्वास व्यक्त गरेका छन् ।
उनले आफू संविधानको रक्षक भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । पौडेलले भने, ‘संविधानको संरक्षक भएर भूमिका खेल्नेछु ।
‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक पाउनुहुनेछ’, उनले भने, ‘म सहमतिकै उमेदवार हुँ, भोट क्रस हुँदैन ।’
बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ । मतदान गर्न सांसदहरू संसद भवन नयाँ बानेश्वरमा जम्मा भएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया