हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभ–कामना दिएका छन् ।
बुधबार देउवाले शुभकामना सन्देश जारी गरेर अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदी बहिनीहरूमा शुभकामना प्रकट गरेका हुन् ।
देउवाले भनेका छन्, ‘अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेको छैन ।’
‘शहरदेखि दुर दराजका गाउँहरूमा आज पनि महिलाहरू शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन्’, उनले भनेका छन् ।
‘महिलामाथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो’, देउवाले भनेका छन्, ‘हिंसा— लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो ।’
‘हिंसा–मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो’, सभापति देउउवाले भनेका छन्, ‘हिंसा–सामाजिक एकता र सदभावलाई कमजोर बनाउने कारण पनि हो ।’
देउवाले भनेका छन्, ‘नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’
‘नेपालमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका हरेक आन्दोलनहरूमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीहरूले आफ्नो प्राणको आहुती गर्नुभएको छ’, उनले भनेका छन्, ‘म उहाँहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।’
‘आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदी बहिनीहरूको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने मैले विश्वास लिदै अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरूमा पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछु’, सभापति देउवाले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया