चारैतिरबाट एक्लिएका ओलीद्वारा रामचन्द्र, कांग्रेस र प्रचण्डबिरुद्ध प्रहार

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध जथाभावी टिप्पणी गरेका छन् ।

सोमबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा अध्यक्ष ओलीलाई एमाले विभाजन गराएको आरोप लगाएका छन् ।

ओलीले पौडेललाई एमाले विभाजन गर्न तत्कालीन सभामुखको हैसियतमा एमालेका सांसदहरूलाई एक–एक गरेर बोलाएर हस्ताक्षर गराएको बताए ।

एमालेका अध्यक्ष ओलीले पौडेललाई कालापानीमा भारतीय सेना बसेको र त्यसबारेमा संसदमा छलफल गरौँ भन्दा छलफल गर्न नदिएको आरोप पनि लगाएका छन् ।

ओलीले कांग्रेसलाई अलोकतान्त्रिक पार्टी भनेर आलोचना गरेका छन् । ओलीले कांग्रेसविरुद्ध जथाभावी अभिव्यक्ति दिएका छन् ।

ओलीले पौडेललाई संसदीय प्रणालीमा बेठीक अभ्यासको सुरुवात गर्ने व्यक्तिको आरोप लगाएका छन् ।

उनले भने, ‘नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रजातन्त्रका लागि लामो समयदेखि लाग्दै आउनुभएको छ । तर, उहाँले सभामुख हुँदा के गर्नुभयो हामीले देखेका छैनौँ ?’

‘गोकुल बास्कोटाले तिथिमिति टिपेर राख्नुभएको छ । गोकुल बास्कोटालाई तिथिमिति सबै थाहा छ’, ओलीले भने, ‘मैले संसदमा २०५५ साल साउनमा कालापानी क्षेत्रमा भारतीय सेना छ । नेपालको भू–भागमा भारतीय सेना रहेको विषयमा छलफल गरौँ भन्दा उहाँले छलफलको विषय नै होइन भनेर सभामुखको अधिकार प्रयोग गरेर सांसदहरूको अधिकार खोस्नुभएको थियो ।’

ओलीले त्यतिबेला पौडेलले बहुमतको अहंकार देखाएर राष्ट्रियताको त्यस्तो गम्भीर विषयको प्रस्तावमा छलफल हुन नदिएर पदको दुरुपयोग गरेको इतिहास साक्षी रहेको बताएका छन् ।

‘त्यति मात्रै होइन, ०५४ सालमा एमालेका सांसद बोलाइबोलाई सही गर्न लगाएर एमाले फुटाउन महत्वपूर्ण भूमिका खेल्ने मान्छे रामचन्द्र पौडेल हुन्’, ओलीले भने, ‘संसदीय बेठीक अभ्यासको सुरुवात गर्ने उहाँ नै हो । केही पनि पालना गर्नु नपर्ने जे पनि कुल्चिन मिल्ने व्यक्ति हो । व्यक्तिगत रुपमा उहाँ मेरो साथी हो ।’

‘तर सभामुखको रुपमा काम नलाग्ने मान्छे हो’, ओलीले भने, ‘राष्ट्रपतिमा त झन काम नलाग्ने मान्छे हो ।’ ओलीले संक्रमणकालीन न्यायसम्बन्धी कानून टुंग्याउन माओवादी बाधक बनेको आरोप लगाएका छन् ।

ओलीले आफू प्रधानमन्त्री हुँदा प्रचण्डलाई संक्रमणकालीन न्यायसम्बन्धी कानून टुङ्ग्याउन बारम्बार भन्दा पनि ऐन कानून बनाउन नदिएको आरोप लगाएका छन् ।

बेपत्ता छानविन तथा सत्य निरुपण सम्बन्धी आयोगलाई काम गर्न पनि माओवादीकै मान्छेले व्यवधान खडा गरेको ओलीको भनाइ छ ।

ओलीले शान्तिप्रक्रियालाई अविलम्व टुङ्गाउनुपर्ने एमालेको धारणा रहेको बताउँदै उनले यस विषलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका छन् ।

ओलीले पुस १० गते भएको सहमति तोड्दै राष्ट्रिय छलफलको कुरा गरेर प्रचण्डले छल गरेको आरोप लगाएका छन् । राष्ट्रिय राजनीतिलाई सहि ट्रयाकमा ल्याउन एमालेबाट बनेका राष्ट्रपतिका उम्मेदवारका नाममा राष्ट्रिय सहमति गर्न आह्वान पनि गरेका छन् ।

ओलीले अहिले पाइला पाइलामा संविधान मिच्नेले नै संविधानमाथि खतरा भयो भन्दै वक्तव्यवाजी गरिरहेको पनि टिप्पणी गरेका छन् ।

Published : Tuesday, 2023 March 7, 10:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया