औकात र हैसितभन्दा बढ्ता माग गरेपछि कांग्रेस-माओवादीभित्र तनाब, श्रीमतीहरू खुसीले बुरुक-बुरुक

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीका लागि उप–प्रधान र मन्त्रीसहित एक राज्यमन्त्री माग गरेको छ ।

नाउपाले ८ दलीय गठबन्धनमा उप–प्रधानसहितको माग गरेको हो । अध्यक्ष समेत रहेकी सांसद रञ्जिता उप–प्रधान र मन्त्री बन्नेछिन् । राज्यमन्त्रीका लागि पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमलाले दाबी गरिरहेकी छिन् । एलिजा सांसद छैनिन् । एलिजा ६ महिनाका लागि राज्यमन्त्री बन्न चाहेको नाउपाका एक नेताले बताएका छन् ।

डिल्लीबजार जेलभित्र रहेका नाउपाका संरक्षक रेशमलाल चौधरीसँगको भेटका क्रममा उनले नेताहरूसँग हैसियतभन्दा धेरै माग राख्ने गरेको छन् । चौधरीले आफ्नी पत्नीलाई जसरी पनि उप–प्रधानमन्त्री बनाउन चाहेका छन् ।

राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक चौधरीले पत्नी रञ्जितालाई उप–प्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेका छन् । चौधरीले एक राज्य मन्त्रीसमेत माग गरेका छन् ।

नाउपाका संरक्षक चौधरीले प्रदेशहरूसमेत पावर सेयरिङ गर्नुपर्ने शर्त राखेका छन् । उनले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राखेका हुन् । वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ ।

नाउपाले लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेश प्रदेशमा एक मन्त्री दाबी गरेको छ । चौधरीले टीकापुरलाई छुट्टै जिल्ला बनाउनेपर्ने मागसमेत गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशलाई खप्तड–थरुहट प्रदेश बनाउनुपर्ने र राजधानी धनगढी बनाउनुपर्ने माग गरेका छन् ।

चौधरीले टीकापुर राजबन्दीलाई यथाशीघ्र रिहा गर्नुपर्ने माग पनि गरेका छन् । नाउपाले आफ्नौ औकात र हैसितभन्दा बढ्ता माग गरेर हैरान बनाएपछि कांग्रेस र माओवादीभित्र खैलाबैला भएको छ । नाउपालाई औकातमा बस्न कार्यकर्ताहरूले चेतावनी दिएका छन् ।

Published : Sunday, 2023 March 5, 1:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया