काठमाडौंमा दुर्गा प्रसाईंको भव्य प्रदर्शन, कति छन् मानिसहरू ?

काठमाडौं । मेडिकल व्यापारी तथा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाइँको नेतृत्वमा काठमाडौंमा भव्य प्रदर्शन भएको छ ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा प्रसाईंको समूहले भव्य प्रदर्शन गरेको हो । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्ने माग राख्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गरेको छ ।

प्रसाईं नेतृत्वको महअभियानले काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागीहरूले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने भन्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको प्रसाईंको अभियानले देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ ।

महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका माग पनि राखेको छ । ५ प्रतिशत ब्याजमा ऋण पाउनुपर्ने माग पनि प्रसाईंको छ ।

प्रसाईंको प्रदर्शनमा करीव ५ हजार मानिसहरूको उपस्थिति रहेको छ । प्रदर्शनमा अधिकांश मानिसहरू उपत्यका बाहिरबाट ल्याइएकाहरू रहेका छन् ।

Published : Saturday, 2023 March 4, 3:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया