दुई ठूला विमानस्थलका महाप्रबन्धकहरू परिवर्तन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक परिवर्तन गरेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई जिम्मेवारी दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरको १० लाख कमिशनको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका थिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ ।

तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा उप–महानिर्देशक थिए ।

हंशराज यसअघि उड्डयन सेवा निर्देशनालयमा उप–महानिर्देशक थिए ।

प्राधिकरणका महानिर्देशक अधिकारीलाई कारबाही गर्न सरकारले सकेको छैन । बरु अधिकारीले दुई ठूला विमानस्थलका महानिर्देशक परिवर्तन गरेका छन् ।

Published : Friday, 2023 March 3, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया