देउवा–प्रचण्डको तयारी बुझेर ओलीले हतार–हतारमा लिए कठोर निर्णय
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘केमेस्ट्री’ मिलेपछि एमाले भन्ने पार्टी सत्ताबाट सडकमा पुगेको छ ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसहितका केही नेताहरूले सरकारमा सहभागी हुनेवित्तिकै अहँकारपूर्ण अभिव्यक्ति दिएका थिए । सभापति देउवाले एमालेलाई दुई महिनाभित्र सडकमा पुर्याइदिएका छन् ।
कांग्रेसका सभापति देउवाको सालिनपूर्ण तयारीले गर्दा एमाले तनाबमा पुगेको छ । एमालेका मन्त्रीहरूले राजीनामा नदिए प्रधानमन्त्री दाहालले अपदस्थ गर्ने तयारी गरेका थिए । दाहालको तयारी बुझेर ओलीले हतार हतारमा निर्णय गरेर सरकारबाट फिर्ता हुने तथा सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेका छन् ।
यसैबीच, एमालेले ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
उप–प्रधान तथा अर्थमन्त्रीसमेत रहेका एमालेका नेता उपाध्यक्ष विष्णु पौडेलले सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।
पौडेलले भनेका छन्, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि निर्णय भएको छ ।’
परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रद्द भएको थियो । एमालेले परराष्ट्रमन्त्री पौड्यालको भ्रमणलाई प्रधानमन्त्री दाहालले रोकेको भनेर रिसाएको छ ।
राष्ट्रपतिको निर्वाचन आएका बेला राष्ट्रिय सभाकी सांसद समेत रहेकी मन्त्री पौड्यालले देश छाड्ने कुरा उचित थिएन । फेरि सरकारबाट एमाले जति बेला पनि हट्न सक्ने सम्भावना थियो ।
प्रधानमन्त्री दाहालले सरकारबाट हटाउने, बर्खास्त गर्ने वा बिनाविभागीय मन्त्री बनाउनेजस्ता अभिव्यक्ति दिएकाले पनि एमाले डराएर सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको नेता पौडेलले बताएका छन् ।
एमालेका नेता पौडेलले राष्ट्रपति निर्वाचन तयारीमा पार्टी जुटेको र विजयी हुनेसमेत दाबी गरेका छन् । प्रदेश सरकारबारे भने एमालेले अहिले कुनै निर्णय गरेको छैन ।
उता, एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष सामूहिक राजीनामा बुझाएका छन् ।
बालुवाटार पुगेर उप–प्रधान एवम् अर्थमन्त्री पौडेलसहित आठ जना मन्त्रीले राजीनामा पत्र बुझाएका हुन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया