स्पीड ईनर्जीद्वारा रुपन्देही र कपिलवस्तुका इटा भट्टालाई टायरको धुलो बेच्ने धन्दा, अब कारबाही हुने
काठमाडौं । रुपन्देही खैरहनीमा रहेको स्पीड ईनर्जी ईन्डस्ट्रिज प्रालिले गाडीको टायरको धुलो ईट्टा भट्टाहरूमा बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।
रुपन्देही र कपिलवस्तुका ईटा भट्टाहरूलाई स्पीड ईनर्जीले टायरको धुलो बिक्री गर्ने गरेको स्थानीयले बताएका छन् । ईटा भट्टाहरूबाट कालो मुस्लो र टायरको गन्ध आउन थालेपछि स्थानीयले खोजतलास गर्दै जाँदा ईटा भट्टाहरूमा टायरको धुलो हालेर ईटा पकाउने गरेको खुलेको छ ।
रुपन्देहीका एकजना स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘केही इटा भट्टाहरूले टायरको धुलो हालेर ईटा पोल्ने र पकाउने काम गरेको थाहा भएको छ । पूरै गाउँमा टायरको धुँवा आएर हैरान बनाएको छ ।’
स्रोतका अनुसार इटा भट्टाहरूले भारतबाट आउने कोइलाको मूल्य वृद्धि भएपछि स्पीड ईनर्जीबाट सस्तोमा टायरको धुलो किनेर इटा पकाउन प्रयोग गर्ने गरेका हुन् ।
स्पीड ईनर्जीको सञ्चालकले पनि बोरामा हालेर नगद रुपियाँ लिएर इटा भट्टाहरूलाई टायरको धुलो बिक्री गर्ने गरेको आरोप छ ।
स्पीड ईनर्जीको सञ्चालक अजयमान श्रेष्ठले आफ्नो ईन्डस्ट्रीबाट टायरको धुलो इटा भट्टाहरूलाई बिक्री नगरेको दाबी गरेका छन् । उनले आफूले उत्पादन गर्ने टायरको धुलो सिमेन्ट उद्योग र म्याट बनाउन प्रयोग हुने उद्योगहरूलाई दिने गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख (एसपी) भरतबहादुर बिकले स्पीड ईनर्जीले टायरको धुलोलाई इटा भट्टामा बिक्री गरेको विषयमा अनुसन्धान र छानविन गरेर कारबाहीको दायरमा ल्याइने चेतावनी दिएका छन् ।





बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया