राष्ट्रपतिमा उम्मेदवारी दिएपछि ओलीबारे के भन्छन् पौडेल ?
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले संविधानको अक्षर र भावनालाई अक्षरस पालना गर्नु आफ्नो कर्तव्य हुने बताएका छन् ।
शनिबार राष्ट्रपति पदमा उम्मेदवारी दिएपछि पत्रकारहरूसँग कुरा गर्दै पौडेलले गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको बताए । उनले त्यसका निम्ति आफ्नो भूमिका हुने पनि बताएका छन् ।
पौडेलले एमाले अध्यक्ष खड्गप्रसाद ओलीले पनि आफूलाई राष्ट्रपति निर्वाचनमा सघाउने विश्वास लिएका छन् । पौडेलले एमालेका अध्यक्ष ओली आफ्नो पुरानो साथी भएको बताएका छन् ।
आफूलाई सर्वसम्मत बनाउन ओलीको योगदान हुनेमा पौडेलले विश्वास व्यक्त गरेका छन् । ‘मैले अपेक्षा गरेको हो सर्वसम्मत हुन्’, उनले भने, ‘सम्भवत् त्यो पनि चुनावको दिनसम्म हुन्छ की ।’
उनले भने, ‘एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय । पुरानो साथी हो । उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’
राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई सबल बनाउन आफ्नो सहयोग हुने उनले बताएका छन् । पौडेलले भने, ‘गणतन्त्र संस्थागत गर्नुपरेको छ । नेपाली जनताको हकमा आएको सार्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नुपर्नेछ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया