रामचन्द्रले देखाए राजनीतिक संस्कार, घरै पुगेर भेटे रवि लामिछानेसँग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेर समर्थको आग्रह गरेका छन् ।

शनिबार काठमाडौंको हात्तीगौडास्थित निवासमा पुगेर पौडेलले सभापति लामिछानेसँग राष्ट्रपति निर्वाचनमा सहयोगको लागि आग्रह गरेका हुन् ।

पौडेललाई कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि गरिसकेका छन् । रास्वपाले राष्ट्रपति निर्वाचनमा के गर्ने भनेर निर्णय गरेको छैन ।

राष्ट्रपतिको उम्मेदवार बनेका पौडेलले राजनीतिक संस्कार देखाएका छन् । उनले रास्वपाका सभापति लामिछानेलाई भेट गरेर सहयोगका लागि आग्रह गरेका हुन् ।

Published : Saturday, 2023 February 25, 1:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया