देउवाले पौडेलको नाम लिएपछि भावुक बन्यो बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन पार्टीभित्र प्रस्ताव राखेपछि सर्वसम्मत निर्णय भएको छ ।
पार्टी कार्यालय ललितपुरको वीपी नगरमा शनिबार बसेको कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले नेता पौडेलको नाम राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गरेका थिए । देउवाको प्रस्तावलाई सर्वसम्मत गरिएको महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।
सभापति देउवाले वरिष्ठ नेता पौडेलको नाम राष्ट्रपति पदको उम्मेदवारमा लिएपछि बैठका नेताहरू भावुक बनेका थिए । पौडेल कांग्रेसमा निकै त्यागी र संघर्षशील नेता मानिन्छन् ।
देउवाले नेता पौडेललाई वरीयतामा पनि वरिष्ठ रहेको भन्दै राष्ट्रपतिको उम्मेदवार बनाइएको बताएका थिए । देउवाले भने, ‘उहाँ सिनियर मान्छे हो । वरिष्ठ नेता हो । उहाँलाई नै राष्ट्रपति बनाऔँ भनेको हो ।’
‘सिटौलाजीलगायतका नेताहरू पनि आकांक्षी हुनुहुन्थ्यो । अहिले रामचन्द्रजीलाई नै बनाऔँ’, देउवाको भनाइ उदृत गर्दै महामन्त्री शर्माले भने, ‘केही पाइन भन्नुहुन्छ, बाहिर पनि त्यस्तै चर्चा छ ।’
वरिष्ठ नेता पौडेलले राष्ट्रपति पदमा उम्मेदवार बनाएर पार्टीले आफूलाई न्याय गरेको बताएका छन् ।
पौडेलले भने, ‘मलाई पार्टीले न्याय गर्यो । मैले यो पदको गरिमा कायम राख्न सक्छु भन्ने लागेको छ । सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।’
यसैबीच, नेता कृष्णप्रसाद सिटौलले राष्ट्रपतिमा आफू आकांक्षी भए पनि रामचन्द्र पौडेलका नाममा सर्वसम्मत निर्णय गरेको बताएका छन् ।
सिटौलाले भने, ‘राष्ट्रपतिको उम्मेदवारका लागि म पनि आकांक्षी थिएँ । हामीले सर्वसम्मत रुपमा रामचन्द्र पौडेलजीको नाममा निर्णय गरेको छौँ ।’
‘पार्टीका तर्फबाट राष्ट्रपति उमेदवार बन्ने कुरामा एकमतले निर्णय गर्न मैले पनि समर्थन जनाएको हुँ’, सिटौलाले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया