रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय
काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ललितपुरको वीपी नगरमा शनिबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले नेता पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कांग्रेस, माओवादी केन्द्र, जसपासहित ८ दलीय गठबन्धन बनेले कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरिसकेका छन् ।
राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ ।
मतदान यही फागुन २५ गते हुँदैछ । पौडेलले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्न लागेका छन् ।
गठबन्धनका सबै नेताहरू पौने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र त्यसपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ ।
पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्ने पक्का भएको छ । डा.रामवरण यादव मुलुकको पहिलो राष्ट्रपति बनेका थिए । विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बनेका थिइन् ।
पौडेल लामो राजनीतिक इतिहास भएका राजनीतिज्ञ हुन् । राजा महेन्द्रले २०१७ सालमा कू गरेपछि पौडेल नेपाली कांग्रेससँग जोडिएका थिए ।

उनी २०२७ सालमा गठित नेपाल विद्यार्थी संघको पहिलो केन्द्रीय समितिमा केन्द्रीय सदस्य थिए ।
पञ्चायतको समयमा पौडेलले राजनीतिक बन्दीका रूपमा पटकपटक गरी १३ वर्ष जेल जीवन बिताएका छन् ।
२०४७ सालमा बहुदलको पुनर्स्थापना भएपछिको आम निर्वाचनमा उनी तनहुँबाट निर्वाचित भएका थिए ।
२०७४ सालमा बाहेक पौडेल तनहुँबाट ६ पटक सांसद निर्वाचित भएका छन् । पौडेल प्रतिनिधि सभाको सभामुख र उप–प्रधानमन्त्री रहिसकेका छन् । पौडेल नेपाली कांग्रेसको पूर्व उप–सभापति पनि हुन् ।
पाँच वर्षअघि भएको १३औं महाधिवेशनमा पौडेल शेरबहादुर देउवासँग नेपाली कांग्रेसको सभापतिमा पराजित भएका थिए ।
कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उनी एमालेका झलनाथ खनालसँग पराजित भएका थिए । पौडेलले नेपाली साहित्यमा एमए र संस्कृतमा शास्त्री गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया