कांग्रेसले बैठक बोलायो, पौडेल हुनेछन् उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसको बैठक शनिबार बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि सूचना जारी गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार चयन गर्नेछ । शनिबार राष्ट्रपतिको मनोनयन हुनेछ । कांग्रेसले राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने सम्भावना छ ।

सभापति शेरबहादुर देउवाले नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन चाहेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालसहितका ८ दलले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने सर्वसम्मत निर्णय गरेका छन् ।

Published : Friday, 2023 February 24, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया