ओलीले पठाए नेपाललाई भेट्न दूत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।

बिहीबार राति कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा उनीहरूका बीच भेटवार्ता भएको हो ।

नेपाल र पोखरेलबीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ ।

तत्कालीन नेकपालाई ब्यूँताउने विषयमा पनि नेपाल र पोखरेलबीच कुराकानी भएको बुझिएको छ ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउन सकिने प्रस्ताव अगाडि सारेपछि नेपाल र पोखरेलबीच वार्ता भएको छ ।

एमालेका अध्यक्ष ओलीले नै नेपाललाई भेट्न पोखरेललाई पठाएको चर्चा छ ।

Published : Thursday, 2023 February 23, 10:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया