काठमाडौंमा शक्तिशाली ठेकेदार पक्राउ, नेताहरूद्वारा छुटाउन तछाडमछाड
काठमाडौं । काठमाडौं प्रहरीले निर्माण व्यवसायी मनोजकुमार भेटवाललाई पक्राउ गरेको छ ।
बुधबार बिहान काठमाडौंबाट प्रहरीले भेटवाललाई बैंकिङ कसूरको पक्राउ गरेको जनाएको छ ।
भेटवाललाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।
भेटवालविरूद्ध करिब ३ करोडको बैंकिङ कसूरसम्बन्धी मुद्दा परेको छ ।
भेटवालको ‘जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनी’ हो । यो कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको छ ।
भेटवाल यसअघि २०७५ वैशाखमा एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा पनि पक्राउ परेका थिए ।
भेटवालले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको थियो ।
निर्माण व्यवसायी भेटवाल विवादमा परिरहन्छन् । भेटवालले काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यलाई प्रभावमा पारेर खुलामञ्च कब्जा गरेका थिए । खुला मञ्चमा उनले सटर राख्नेदेखि विभिन्न व्यावसायिक गतिविधि गरेका थिए ।
ठेकेदार भेटवाल शक्तिशाली मानिन्छन् । उनलाई छुटाउन विभिन्न राजनीतिक दलका नेताहरूले दवाव दिन सक्ने पीडित पक्षको भनाइ छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया