देउवासहितका नेताहरूद्वारा प्रचण्डसँग परामर्श, कुरा सकारात्मक, माधव र उपेन्द्र पनि खुसीले दङ्ग
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरेका छन् ।
बालुवाटारमा बुधबार साँझ भएको दाहालसँगको भेटवार्ता सकारात्मक रहेको कांग्रेस नेताहरूले दाबी गरेका छन् ।
दाहालले राष्ट्रपतिबारे चाँडै निर्णय दिने बताएको कांग्रेस उप–सभापति पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।
राष्ट्रपतिमा सहयोग गर्न कांग्रेसका नेताहरूले प्रधानमन्त्री दाहालसँग आग्रह गरेका छन् । खड्काले भने, ‘हामीले अस्तिको कुरा पुनः सम्झायौँ । विश्वासको मत दिएका छौँ, राष्ट्रपतिमा सहयोग गर्नुहोस् भनेर आग्रह गरेका छौँ ।’ जवाफमा दाहालले आफूले चाँडै निर्णय दिने बताएका छन् ।
दाहालले आफूलाई पार्टीले राष्ट्रपतिको विषयमा निर्णय गर्ने जिम्मेवारी दिएको कांग्रेसका नेताहरूलाई जानकारी गराएका छन् । दाहालले भनेका छन्, ‘तपाईंहरूले उठाएको विषयमा म सकारात्मक छु । चाँडै निर्णय दिन्छु ।’
कांग्रेसका नेताहरू र प्रधानमन्त्री दाहालबीच भएको वार्तामा पुरानो गठबन्धन ब्यूँताउने सहमति भएको दाबी गरिएको छ ।
चुनावअघिकै गठबन्धन ब्यूँताउनेगरी समझदारीमा तीन दल पुगेको एक नेताले बताएका छन् । पुरानो गठबन्धन ब्यूँताउँदा केही समझदारी आवश्यक रहेको जनाइएको छ ।
बुधबार आफ्नै निवास धुम्बाराहीमा सभापति देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका छन् ।
त्यसपछि देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा नेताहरू घनश्याम भुसाल र बेदुराम भुसाल पनि रहेका थिए ।
प्रारम्भीक छलफअनुसार राष्ट्रपति कांग्रेसले पाउनेछ । प्रचण्डले कति वर्ष प्रधानमन्त्री लिने र त्यसपछि को भन्ने विषयमा पुरानै गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरूको बिहीबार बस्ने बैठकले टुंगो लगाउनेछ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरूसँगको वार्ता र सम्वाद सकारात्मक रूपमा अघि बढेको जानकारी दिएका छन् । बालुवाटार बैठकअघि धुम्बाराहीमा देउवाले पार्टीका पदाधिकारीहरूसँग परामर्श गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया