कीर्तेमा नवराज सिलवाललाई सफाइ दिएका डीआइजी सिंह आफै फन्दामा परे, फस्ने डरले दिए राजीनामा
काठमाडौं । शैक्षिक योग्यता र जन्ममितिका विषयमा विवाद भएपछि नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् ।
डीआईजी सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उजुरी परेपछि तनाबमा परेका सिंहले बुधबार डीआईजी पदबाट राजीनामा दिएका हुन् ।
प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी पोषराज पोखरेलले डीआईजी सिंहले राजीनामा दिएको भन्ने कुरा आफूले पनि सुनेको तर, औपचारिक जानकारी नआएको बताए ।
सिंहको फरक–फरक जन्ममिति भेटिएको छ । शैक्षिक योग्यताको प्रमाणपत्र पनि नक्कली रहेको भन्दै उजुरी परेको छ ।
सिंहको नागरिकताका आधारमा जन्ममिति २०२४ साल जेठ २२ गते रहेको छ । नेपाल प्रहरीमा रहेको सिटरोलमा जन्ममिति २०२५ पुस १६ गते उल्लेख छ ।
२०४२ जेठ २२ गते १८ वर्ष पूरा भएको विवरणसहितको नागरिकता जारी भएको थियो ।
नागरिकतामा जन्ममिति उल्लेख नभएको अवस्थामा जारी भएको महिना र गतेलाई जन्ममिति मानिने प्रहरी नियमावलीको व्यवस्था छ ।
सोही आधारमा सिंहको जन्ममिति २०२४ जेठ २२ गते कायम भएको थियो ।
२०५० सालमा सिंहले प्रहरी निरीक्षकमा भर्ना हुन दिएको शैक्षिक प्रमाणपत्रमा २०२५ पुस १६ गते जन्ममिति रहेको छ ।
जन्म मितिको अन्तर एक वर्षभन्दा बढीको देखिएमा उमेर मात्र उल्लेख भएको प्रमाणपत्र अनुसार उमेर गणना हुने उल्लेख गरिएको छ ।
सिंहको हकमा उमेरमात्र उल्लेख भएको प्रमाण पत्र लागू हुने अवस्था छ ।
सिंह एसएसपीमै अवकाश पाउने अवस्थामा थिए । सिंह गत असारमा मात्र डीआईजीमा बढुवा भएका थिए ।
सिंहले प्रहरी निरीक्षकमा आवेदन दिँदा नागरिकताअनुसार उनको उमेर २६ वर्षभन्दा माथि देखिन्छ ।
२५ वर्ष उमेरसम्मकोले मात्र प्रहरी निरीक्षकमा आवेदन दिन सक्छ ।
तत्कालीन समयमा एसएसपी सिंहले काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुख रहेका बेला कीर्ते काण्डमा परेका तत्कालीन डीआईजी नवराज सिलवाललाई सफाइ दिने प्रतिवेदन तयार पारेका थिए ।
सिलवाललाई कीर्ते काण्डमा सफाइ दिने प्रतिवेदन बनाएर महान्यायाधिवक्ताको कार्यालयमा पठाएका डीआइजी सिंह अहिले आएर आफै कीर्ते काण्डमा पर्ने डरले पहिला नै राजीनामा दिएका छन् ।
नेपाली कांग्रेसका नेताहरूको शक्तिको दुरुपयोग गरेर समयभन्दा अगाडि नै एसएसपीबाट डीआइजीमा बढुवा भएका थिए ।
त्यति मात्रै कहाँ होर ? सिंह तेस्रो नम्बरमा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । सिंहको शक्ति अहिले आएर भाँच्चिएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया