ऋणिले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान गर्न गगन थापाको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सांसद गगनकुमार थापा लघुवित्त संस्थाहरूको ज्यादतीको विरोध गरेका छन् ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा शून्य समयमा बोल्दै थापाले लघुवित्तबाट निकै समस्यामा परेका ऋणिलाई उन्मुक्ति दिने विषयमा विशेष निर्णय गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘अति न्यून आय भएका गरिवलाई गरिवको आहालबाट निकाल्नका लागि काम होला भनेको कयौं लघुवित्त संस्थाको कारणले गर्दा गरिवहरू थलापर्न बाध्य भएका छन् ।’
‘अनुचित नाफा कमाउनको लागि जे पनि गर्ने लघुवित्त संस्था । तत्कालको गर्जोटार्नको लागि जहाँबाट जसको लागि पनि ऋण लिने ग्राहकहरू’, थापाले भने, ‘अनुमति दिँदै गर्दा हात फैलाउने । परिवेक्षण गर्दा मुठी कसेर हात कस्ने राष्ट्र बैंक । यही कारणले गर्दा लुघवित्तको समस्या देखिएको हो ।’
उनले भने, ‘साँच्चै मर्कामा परेकाहरूको निम्ती राहतका लागि बैंक र वित्तीय संस्थासँग रहेको फण्डको प्रयोग गर्नुपर्छ ।’
‘बदनियतपूर्वक काम गर्ने लुघवित्तीय संस्थालाई कारबाही गर्ने । एउटा ऋणिले एउटा मात्रै संस्थाबाट ऋण लिन पाउने प्रावधान थपेर राष्ट्र बैंकले निर्देशिकाको प्रभावकारी कार्यान्वयन गर्ने र सुपरीवेक्षण गर्ने कामलाई तल्लो तहसम्म लिएर जाने । वित्तीय साक्षरतालाई सरकारको साझेदारीमा तल्लो तहसम्म लिएर जाने यो काम राष्ट्र बैंकले तत्काल गरोस्’, सांसद थापाले भनेका छन् ।
लुघवित्त संस्थाको चर्को व्याज र नाजायज दवावका कारण धेरै ऋणिहरूले आत्महत्या गरेका छन् । धेरै ऋणिहरू घरबारबिहीन बन्न पुगेका छन् । लघुवित्तको ज्यादतीविरुद्ध पहिलो पटक कांग्रेसले आवाज उठाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया