राष्ट्रपतिको बहानामा ओलीले क–कसलाई ‘खाल्डो’मा हाल्दै छन् ?
काठमाडौं । राष्ट्रपतिको उम्मेदवारी दिने समय नजिक आएका बेला विभिन्न अड्कलहरू बाहिर आइरहेका छन् ।
राष्ट्रपति निर्वाचनलाई लिएर एमालेका अध्यक्ष खड्गप्रसाद ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट भएको छ । महाराजगञ्जस्थित एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठको निवासमा शनिबार साँझ ओली र नेपालबीच भेटवार्ता भएको छ । पानीबाराबरको अवस्थामा रहेका ओली र नेपालबीच भेट गराएर पार्टी एकीकरणसम्मको कुराकानी भएको छ ।
राष्ट्रपतिमा ओलीले नेपालको नाम प्रस्ताव गरेका छन् । ओलीको प्रस्तावमा नेपालले विश्वास गरिहालेका छैनन् ।
ओलीले आफ्नो प्रस्तावको व्यक्तिलाई राष्ट्रपति बनाउने पक्षमा छन् । ओलीले त्यसपछि विद्यादेवी भण्डारीलाई जस्तै प्रयोग गरेर प्रधानमन्त्री बन्ने दाउमा छन् । ओलीले एकीकृत समाजवादीलाई एमालेमा बिलय गराउन पनि खोजेका छन् । ओलीको रणनीतिबाट प्रधानमन्त्री दाहालसहितका सबै नेताहरू सचेत छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा आफूअनुकूलको व्यक्ति ल्याउने पक्षमा छन् । दाहालले एमालेलाई राष्ट्रपति दिने पक्षमा छैनन् ।
नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने जनाइसकेको छ । कांग्रेसले आफ्नो पक्षमा सहमति जुटाउन दलहरूसँग वार्ताहरू गरिरहेको छ ।
कांग्रेसले माओवादीको साथ पाउनेमा आशा लिएको छ । अरु साना दलहरूले पनि कांग्रेसलाई समर्थन गर्न सक्छन् ।
एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, ३ उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, युवराज ज्ञवाली, उप–महासचिव विष्णु रिमाल, महेन्द्र पाण्डे, डोरमणि पौड्याल, गोमा देवकोटालगायतको नाम चर्चामा छ ।
यी नेताले एमालेभित्र राष्ट्रपतिका लागि लबिइङ गरिरहेका छन् । कुनै पनि नेताले अध्यक्ष ओलीबाट सुनिश्चता पाएका छैनन् ।
नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, मानबहादुर विश्वकर्मासहितका नेताहरूको नाम चर्चामा छ ।
माओवादी केन्द्रबाट अमिक शेरचन र नन्दबहादुर पुन उम्मेदवारका आकांक्षी छन् ।
एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल राष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा छ ।
एमाले अध्यक्ष ओलीले दुवै नेतालाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका छन् । एमालेसँग एकीकृत समाजवादीले एकता गर्नुपर्ने सर्त ओलीको छ ।
लोसपाबाट महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बनाउन प्रस्ताव आएको छ ।
प्रधानमन्त्री दाहाललाई लोसपा नेताले सो प्रस्ताव गरेका छन् । ठाकुरप्रति दाहाल र ओली दुवै सकारात्मक छन् । ठाकुरप्रति सहमति जुटेको छैन ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नाम पनि राष्ट्रपतिमा आएको छ । भट्टराईप्रति सहमति जुटेको छैन ।
गैरराजनीतिकर्मीको नाम पनि चर्चामा छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वमन्त्री एवं पूर्वराजदूत नीलाम्बर आचार्यलगायतका नाम पनि राष्ट्रपतिका लागि चर्चामा छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया