काठमाडौंमा टुवोर्ग, काल्सवर्ग, बडवाइजर, सानमिगेल गोर्खा, नेपाल आइस र मस्ताङको लाखौंको बियर कब्जा, गोदाममा सिल
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंका विभिन्न स्थानमा छापामारेर टुवोर्ग, मस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियरहरू कब्जा गरेको छ ।
विभागका निरीक्षण अधिकृत तथा सहायक सूचना अधिकारी कमलप्रसाद भुसालले विज्ञप्ति जारी गरेर फागुन ३ गते विभिन्न स्थानमा अनुगमन गरेर ३५५ कार्टुन नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको जनाएका छन् ।
टुवोर्ग, मस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियरहरू काठमाडौं महानगरपालिका– ९, सिनामंगलमा रहेको संस्कार ट्रेडर्स प्रा.लि.को ग्रैह्रीगाउँस्थित गोदाममा भण्डार गरिरहेको अवस्थामा निरीक्षण टोलीले फेलापारी आवश्यक कारबाहीका लागि सिलबन्दी गरिएको भुसालले बताएका छन् । उल्लेखित बियरको बजार मूल्य करीव १३ लाख ९० हजार पर्ने देखिएको छ ।
सुरक्षित उपभोग्य अवधी सकिएका टुवोर्ग, सानमिगेल, गोर्खा प्रिमियम र काल्सबर्ग ब्राण्डका करीव ३०२ कार्टुन बियर सिनामंगलस्थित सि.के. ट्रेडिङ प्रा.लि.को गोदाममा भण्डार गरिरहेको अवस्थामा निरीक्षण टोलीले फेलापारी नियन्त्रणमा लिइ कारबाहीका लागि सिलबन्दी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उल्लेखित परिमाणको बियरको बजार मूल्य करीव ८ लाख ७६ हजार पर्ने देखिएको भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागले कुल २ वटा गोदामबाट सिलबन्दी गरिएका बियरको मूल्य करीव २२ लाख ६५ हजार पर्ने जनाएको छ ।

बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया