प्रचण्ड–माधवबीच सकारात्मक कुराकानी, खुसीले कांग्रेसको मनमा लड्डु फुट्यो

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोमबार दाहाल र नेपालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको हो । उनीहरूका बीच राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री दाहालसँग अध्यक्ष नेपालले पुरानो ५ दलीय गठबन्धनलाई ब्यूँताउन आग्रह गरेका छन् । नेपालको आग्रहमा दाहालले सकारात्मक सन्देश दिएको स्रोतको भनाइ छ ।

राष्ट्रपति निर्वाचनमा दाहालले राष्ट्रिय सहमति गरेर जान प्रस्ताव गरेका छन् । नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गर्दै आएको छ ।

कांग्रेसले माओवादी केन्द्रको समर्थनमा राष्ट्रपतिमा उम्मेदवार बनाउन चाहेको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भएको कुराकानी सकारात्मक रहेको र सो कुराकानीलाई कांग्रेसले चासोका साथ लिएको छ ।

Published : Monday, 2023 February 20, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया