मोहन बस्नेतको पहलमा आत्मदाह गरेका प्रेम आचार्यकी पत्नी नानुकाले जागिर पाइन्, खुसीका आँशु आए

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद मोहनबहादुर बस्नेतको विशेष पहलमा नानुका अधिकारीले रोजगारी पाएकी छिन् ।

शुक्रबार भक्तपुरको कौशलटारमा आयोजित विशेष समारोहमा नेता बस्नेतले ‘पूर्व अरनिको यातायात (प्रा)लि.मा रोजगारीको नियुक्त पत्र प्रदान गरेका हुन् ।

नेता बस्नेतले नानुका अधिकारीलाई रोजगारी प्रदान गर्ने पूर्व अरनिको यातायात (प्रा)लि. तथा अध्यक्ष केदार क्षेत्रीसहित कार्यसमितिलाई धन्यावाद दिएका छन् ।

केही दिन अगाडि संसद भवन नयाँ बानेश्वर अगाडि आफ्नै शरीरमा आगो लगाएर प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए ।

कार्यक्रममा नानुकाले रोजगारीका लागि नियुक्ति पाउँदै गर्दा सहभागीहरूको आँखा रसाएका थिए । नानुकासँगै आएका नाबालिका दुई छोरीहरू पनि भक्कानिएका थिए ।

कांग्रेस नेता बस्नेतले स्व.प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीलाई रोजगारी दिने घोषणा गरेका थिए । सोही घोषणाअनुसार पूर्व अरनिको यातायातले नानुकालाई नियुक्ति पत्र प्रदान गरेका छ ।

स्व.प्रेमप्रसाद आचार्य र नानुका अधिकारीका दुई नाबालक छोरीहरूको निःशुल्क उच्च शिक्षाका लागि पनि नेता बस्नेतले घोषणा गरेका थिए । नाबालिकाहरूलाई पनि उच्च शिक्षा आफू बस्दै आएको स्थान नजिक रहेका विद्यालयमा अध्ययन गराइएको छ ।

‘नानुका अधिकारीले आजबाट जागिर शुरु गर्नुभएको छ’, कांग्रेस नेता बस्नेतले भनेका छन्, ‘घटना भएको केहि दिनपछि मैले मृतकको परिवारलाई भेट्दै मृतकको श्रीमतीलाई दक्षता अनुसारको जागिर लगाइदिने र दुई छोरीहरूलाई उच्च शिक्षासम्म निःशुल्क पढाईदिने घोषणा गरेको थिए ।’

उनले भनेका छन्, ‘सोही बमोजिम आज पूर्व अरनिको यातायात (प्रा)लि.ले नानुकाजीलाई कर्मचारीमा नियुक्त गर्दै नियुक्ति पत्र समेत दिएको छ ।’

नेता बस्नेतले भनेका छन्, ‘दुई छोरीहरूले पनि पायक पर्ने गरि घर नजिकैको स्कुलमा स्नातकोत्तरसम्म निःशुल्क पढ्न पाउने भएका छन् । यो सहयोगका लागि विशेष गरि पूर्व अरनिको यातायात (प्रा)लिका अध्यक्ष केदार क्षेत्री र पूर्व अरनिको यातायात (प्रा)लि.लाई हार्दिक धन्यवाद ।’

नेता बस्नेतले यातायातको क्षेत्रमा पूर्व अरनिको यातायातले ठूलो फड्को मारेको भन्दै सामाजिक कार्यमा योगदान गरेकोमा धन्यावाद दिएका छन् ।

उनले अरनिको यातायातका व्यवसायी, मजदुरहरूले सामाजिक कार्यका साथै सेवामूलक कार्यमा आगामी दिनमा झन् धेरै काम गर्न शुभकामना दिएका छन् ।

नानुका अधिकारीले आफूलाई पूर्व अरनिको यातायात (प्रा)लि.मा रोजगारी दिएकोमा धन्यावाद दिएकी छिन् । उनले आफूलाई सहयोग गर्नेहरूप्रति आभार प्रकट गरेकी छिन् ।

पूर्व अरनिको यातायात (प्रा)लि.का अध्यक्ष केदार क्षेत्रीले सामाजिक कार्यमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले आफूहरूको यातायातका माध्यमबाट समाजप्रतिको उत्तरदायित्व बहन गर्न जहिले पनि अग्रसर रहने बताएका छन् ।

Published : Friday, 2023 February 17, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया