काठमाडौंमा प्रहरीको गाडी जलाउनेहरूलाई प्रहरीले घरबाट घिसारेर ल्यायो, थप २३ जना पक्राउ (तस्वीर)
काठमाडौं । प्रहरीको गाडी, प्रहरी विट तथा ट्राफिक आईल्याण्ड तोडफोड गरी आगजनी गर्ने थप व्यक्तिहरू पक्राउ परेका छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसर, टेकुले २३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
फागुन १ गते साँझ १६ः५० बजेको समयमा माछापोखरी चोकस्थितमा सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीहरू लिई गएको प्रहरी वृत बालाजुको सवारी साधनहरू, प्रहरी विट तथा ट्राफिक आईल्याण्डमा अगजनी गरी पूर्ण क्षति पुर्याउने कार्यमा संलग्न थप २३ जना मानिसहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले बताएका छन् ।
पक्राउ गरिएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ पर्नेमा लमजुङको वेशीशहर ११ घर भई हाल गोंगवु बस्ने वर्ष २१ का गणेशकुमार श्रेष्ठ, कास्कीको भरतपोखरी उप–महानगरपालिका वडा नं.३३ घर भई हाल गोंगवु बस्ने वर्ष २२ को बिक्रम नेपाली, गोरखाको पालुङटार मित्रनगर बस्ने वर्ष २१ को आकाश भुजेल रहेका छन् ।
पोखरा १६ घर भई हाल गोंगवु बस्ने वर्ष २८ को सुमन श्रेष्ठ, नुवाकोटको ताँदी ७ घर भई हाल काठमाडौंको जरंखु बस्ने वर्ष २४ को सुमन लामा, गोरखाको लक्ष्मी ६ घर भई हाल गोंगवु बस्ने वर्ष २९ को विजय मगर, नुवाकोटको शिवपुरी ६ घर भई हाल काठमाडौंको लोलाङ बस्ने वर्ष ३० को रन्जितकुमार तामाङलाई पक्राउ गरिएको एसएसपी कार्कीले बताएका छन् ।
तार्केश्वर नगरपालिका वडा नं.०६ घर भएकी वर्ष २६ कि संगीता खड्की, नुवाकोट घर भई हाल माछोपोखरी वस्ने वर्ष २० का रवि तामाङ, कैलालीको चिसापानी ९ घर भएका वर्ष १९ का प्रकाश क्षेत्री, धादिङको निलकण्ठ ६ घर भई हाल तार्केश्वेर बस्ने वर्ष २२ का ईलाराज गुरूङ, सिन्धुलीको सिन्धुलिगडी ६ घर भई हाल काठमाडौंको जरङ्खु बस्ने वर्ष १८ का ईन्द्र तामाङ पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा माछोखरी बस्ने वर्ष ३३ का माधव शाही, उदयपुरको उदयपुरगढी ६ घर भई हाल ढुङ्गेधारा बस्ने वर्ष २७ का राजन रावत, काभ्रेपलान्चोकको नमोबुद्ध २ घर भई हाल सामाखुशी बस्ने वर्ष २८ का हरि शरण तामाङ, काभ्रेपलान्चोकको पाचखाल घर भई हाल जरङ्खु बस्ने वर्ष १९ का सुजन मगर, बालाजु माछापोखरी बस्ने वर्ष २२ का रोमन नगरकोटी पनि रहेका छन् ।
नुवाकोटको ककनी ८ घर भई हाल बालाजु बस्ने वर्ष १८ का सुनिल कालिकोटे, नुवाकोटको ककनी ७ घर भई हाल बालाजु बस्ने वर्ष १८ का सुदीप तामाङ, धादिङको नीलकण्ठ ६ घर भई हाल तार्केश्वर बस्ने वर्ष १८ का विकाश गुरुङ, चितवनको रत्ननगर ११ घर भई हाल डल्लु बस्ने वर्ष २७ का सविधान परियार, नुवाकोटको सूर्यगढी ४ घर भई हाल काठमाडौंको लोलाङ बस्ने वर्ष १९ का केशर राई, तार्केश्वेर बस्ने वर्ष १९ का कविन खड्गीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरिएको एसएसपी कार्कीले बताएका छन् ।
काठमाडौ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको कार्कीले बताएका छन् । साथै अन्य संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको एसएसपी कार्कीले बताएका छन् ।






बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया