सभापति देउवाले लिए नेता भण्डारीको स्वास्थ्यका बारेमा जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलेर गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बिहीबार कीर्तिपुरस्थित अस्पतालमा पुगेर चिकित्सकहरूसँग देउवाले नेता भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

नेता भण्डारीको स्वास्थ्यका बारेमा जानकारी लिन कांग्रेसका नेता तथा कार्यकर्ताहरू कीर्तिपुरस्थित अस्पतालमा जम्मा भएका छन् ।

Published : Thursday, 2023 February 16, 12:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया