यी हुन् गंगबु बसपार्कको घटना गराउने टोले गुण्डाका नाइकेहरू, बचाउन ठूलै हर्कत, सुनिल फरार
काठमाडौं । काठमाडौंको गंगबु नयाँ बसपार्कभित्र र बाहिर भएको हिंसात्मक घटनाको प्रमुख दोषी ल्होत्से बहुउद्देश्यीय प्रालि रहेको आरोप लागेको छ ।
यातायात मजदुर र यातायात व्यवसायीहरूले विभिन्न १० बुँदे माग राखेर नयाँ बसपार्कभित्र फागुन १ गते शान्तिपूर्ण कार्यक्रम राखेका थिए । माग राख्न शान्तिपूर्ण तरिकाले आएका मजदुर र यातायात व्यवसायीहरूमाथि ल्होत्सले पालेर राखेका भाडाका ‘टट्टु’ पंकज मल्ल र उनको समूहले मजुरहरूमाथि सांघातिक आक्रमण गरेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो ।
यातायात मजदुरमाथि सांघातिक आक्रमण गर्ने र गर्न लगाउने नाइके ल्होत्सेका जनरल म्यानेजर (जीएम) सुनिल कुँवर हुन् । कुँवर फरार छन् । ल्होत्सेका अध्यक्ष दीपक कुँवर हुन् । दीपकले पनि फागुन १ गते भएको घटनाको जिम्मेवारी लिनुपर्ने यातायात मजदुर र व्यवसायीहरूको माग छ । सुनिल र पंकललाई यातायात मजदुरहरूले टोले गुण्डाका नाइके भन्ने गरेका छन् ।
मजदुर र यातायात व्यवसायीमाथि सांघातिक आक्रमण गरेर ठूलो क्षति पुर्याउन मुख्य भूमिका खेलेको अभियोगमा पंकजलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको काठमाडौं जिल्ला प्रहरी परिसर, टेकुका प्रवक्ता तथा एसपी सीताराम रिजालले बताएका छन् । अरुका विषयमा अनुसन्धान भइरहेको रिजालले बताएका छन् ।
पंकज ल्होत्सेले पालेर राखेका कर्मचारी हुन् । पंकजलाई प्रहरीले यसअघि पनि विभिन्न काण्ड र अपराधका घटनामा पक्राउ गरिसकेको छ ।
पंकज, सुनिल र उनको समूहले गंगबु बसपार्कभित्र यातायात मजदुरलाई कुटपिट गर्ने, अपमान गर्नेलगायतका हर्कत गर्दै आएको छ । चालक र सह–चालकहरूलाई कुटपिट गरेर पैसा माग्ने, यातायात व्यवसायीहरूलाई धम्काएर पैसा असुल्ने जस्ता हर्कत सुनिल, पंकजसहितको समूहले गर्दै आएका छन् ।
यातायात मजदुरहरूले ल्होत्सेले पालेका गुण्डाहरूले आक्रमण गरेपछि स्थिति नियन्त्रण बाहिर गएको आरोप लगाएका छन् ।
प्रहरीले तोडफोड, आगजनी, लुटपाटमा संलग्न केही व्यक्तिहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । तर, फागुन १ गतेको सो घटना गराउने मुख्य नाइके सुनिल कुँवरलाई उन्मुक्ति दिन खोजेको भनेर यातायात मजदुर र यातायात व्यवसायीहरूले आक्रोश पोखेका छन् ।
यसैबीच, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अध्यक्ष भीमज्वाला राईले सिंहदरबारमा सरकारसँग भएको सहमतिअनुसार ल्होत्सेका दोषी कर्मचारीहरूलाई कारबाही गर्ने सहमति भएको बताए । उनले सुनिल कुँवर, पंकज मल्लसहितका व्यक्तिहरूविरुद्ध आफूहरूले जाहेरी दिएको भन्दै उनीहरूलाई कारबाहीको माग गरेका छन् ।
फागुन १ गते भएको घटनाको मुख्य दोषी ल्होत्से र त्यसका अराजक कर्मचारीहरूलाई बचाउन घटनालाई विषयान्तर गर्न खोजिएको भन्दै त्यस्तो भएमा यातायात व्यवसायी र मजदुरहरू पुनः आन्दोलनमा आउने चेतावनी दिएका छन् ।
ल्होत्सेले काठमाडौं महानगरपालिकासँग ४५ वर्षका लागि नयाँ बसपार्क ठेक्कामा लिएको छ । यातायात मजदुर र यात्रुलाई कुनै पनि सुविधा दिएको छैन । आफूले कमाउ धन्दा गरेर कमाइ गरेर खाने गरेको छ ।
भने जति पैसा नदिएमा चालक र सह–चालकलाई कुटपिट गर्ने, काउन्टर बन्द गरिदिने जस्ता हर्कत ल्होत्से र त्यसका गुण्डाहरूले गर्दै आएका छन् ।
ल्होत्से र त्यसका गुण्डाहरूलाई बचाउन राजनीतिक संरक्षण र दवाव दिन सुरु भएको छ । यस विषयमा प्रतिक्रिया लिन ल्होत्सेका कर्मचारी र आरोपितहरूसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया