चन्द्र भण्डारी र आमाको स्वास्थ्यबारे अस्पतालले दियो प्रारम्भीक प्रतिक्रिया, बाहिर लैजान सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको अवस्थाका बारेमा कीर्तिपुर अस्पतालले प्रारम्भीक जानकारी दिएको छ ।

अस्पतालको जलन उपचार विभागका प्रमुख डा.किरण नकर्मी र मेडिकल डाइरेक्टर डा.निजिना ताम्राकारले बिहीबार बिहान संयुक्त विज्ञप्ति जारी गरेर आमा–छोराको जलन सघन उपचार कक्षमा उपचार भइरहेको जनाएका छन् ।

सांसद भण्डारीको अनुहार, दुबै हात र दुबै गोडाहरूमा गरि २५ देखि ३० प्रतिशतसम्म जलन भएको विज्ञप्तिमा उल्लेख छ ।

आमा हरिकला भण्डारीको जीउको अधिकांश भाग गरि ७० प्रतिशत जलन भएको चिकित्सकहरूले विज्ञप्तिमार्फत जनाएका छन् ।

आमा र छोरालाई स्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना देखिएको चिकित्सकहरूले जनाएका छन् ।

अस्पतालले हालको श्रोत तथा सामानको अवस्थामा आमा र छोराको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरेको छ ।

सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई बुधबार राति १० बजेर ३० मिनटमा उपचारका लागि ल्याइएको थियो ।

कीर्तिपुर अस्पतालमा ल्याउनुभन्दा अगाडि उनीहरूलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा प्रारम्भीक उपचार गरिएको थियो ।

Published : Thursday, 2023 February 16, 10:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया