कांग्रेसद्वारा यातायात मजदुरका माग पूरा गर्न र लुटेराहरूलाई कारबाही गर्न दवाव
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले गंगबुको नयाँ बसपार्कमा भएको लुटपाटका दोषीलाई कारबाही गर्न र यातायात मजदुरका जायज माग पूरा गर्न माग गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै डा.महतले मजदुरको आन्दोलनका नाममा भएको लुटपाटको घटनाको छानविन गर्न माग गरेका छन् । उनले यातायात व्यवसायी र मजदुरहरूका मागलाई पनि यथाशीघ्र पूरा गर्न माग गरेका छन् ।
उनले भने, ‘हामीले कानूनी शासनमा विश्वास गर्छौं । नयाँ बसपार्कमा जुनकिसिमको घटना घट्यो, त्यसले हामी सबैलाई अत्यन्तै गम्भीर बनाएको छ ।’
‘प्रधानमन्त्री स्वयंले गृह प्रशासनको जिम्मेवारी लिनुभएको छ । दिन दहाडै साना व्यवसायीहरू व्यवसाय गरेर बसेका छन्’, उनले भने, ‘मलमा मोबाइल व्यवसाय गरेर बसेका छन् । अन्य पसलहरू छन् । त्यहाँ दिनदहाडै लुटपाट मच्चिन्छ ।’
प्रवक्ता डा.महतले भने, ‘शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिन सकेन । मजदुरका तमाम जायज समस्याहरूको समाधान हुनुपर्छ ।’
‘बसपार्क व्यवस्थित हुनुपर्छ । न्यायोचित रुपमा सबै मिनीबसदेखि सबै बस व्यवसायीहरूले कानून र नियमानुसार काम गर्न पाउनुपर्दछ’, उनले भने, ‘पार्किङ सुविधाको प्रयोग गर्न पाउनुपर्छ । त्यसको पक्षमा हामी छौं । व्यवस्थित होस् त्यसको पक्षमा पनि हामी छौँ ।’
उनले भने, ‘मजदुरकै नाममा त्यहाँ को प्रवेश गरेको छ ? कसले प्रोत्साहित गरेका छन् ? किन त्यो भइरहेको छ ? पूरै दृष्य भिडियो आएको छ । किन कुनै कारबाहीहरू अगाडि बढ्दैन ?’
उनले भने, ‘हामी सबैलाई गम्भीर बनाएको छ । शान्ति सुरक्षाको प्रत्याभूति सरकारले दिन सक्दैन भने दुरदराजमा बस्ने नागरिकहरूको हालत के हुन सक्दछ ? त्यसतर्फ सरकार गम्भीर हुन जरुरी छ ।’
‘तत्कालै दोषीहरूलाई कारबाही गर्न जरुरी छ’, कांग्रेसका सांसद डा.महतले भनेका छन् ।
‘यातायात मजदुरहरूको जायज मागहरूलाई पनि तत्काल सम्बोधन जरुरी छ’, डा.महतले भने, ‘लुटपाटमा मजदुरको नाममा गैरमजदुरले गरेका हुन् कि या त्यही उछृङ्खल प्रवृत्तिहरू विभिन्न शक्तिको आडमा त्यो क्रियाकलापमा संलग्न भएका छन् कि ? त्यसको यथार्थ छानविन गरेर निष्पक्ष ढंगबाट न्याय निरुपण गर्ने जिम्मेवारी सरकारको हो ।’
‘तत्काल परिणाम आउने गरेर त्यो काम सम्पन्न होस् । होइन भने यसले नकारात्मक सन्देश देशभरि जान्छ’, डा.महतले भने, ‘अराजक शैलीहरू विस्तारै फैलिने डर यसले सुरुवात गराउँछ । सरकार गम्भीर होस् ।’
फागुन १ गते यातायात मजदुरहरूको शान्तिपूर्ण आन्दोलनमा लोत्से बहुउद्देश्यीय प्रालिले पालेर राखेका गुण्डाहरूले आक्रमण गरेपछि यातायात व्यवसायी र मजदुरहरूको आन्दोलन हिंसात्मक बनेको थियोे । आन्दोलनका क्रममा केही अराजक समूहले पसलहरूमा लुटपाट मच्चाएका थिए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया