प्रचण्डलाई ओलीले दाहिने खुट्टाको कालो जुत्ता देखाइदिए, दिक्क भए माओवादी नेताहरू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफूलाई निकै अभद्र शैलीमा प्रस्तुत गरेको आरोप लागेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार भएको भेटवार्ताका क्रममा ओलीले आफूलाई निकै अभद्र शैलीमा प्रस्तुत गरेको आरोप छ । ओलीले प्रधानमन्त्री दाहालको मानमर्दन गरेको चर्चा छ । माओवादीका नेताहरूले ओलीका गतिविधि र व्यवहार पदीय मर्यादाविपरितका हुने गरेको भन्दै असन्तुष्टि पोख्ने गरेका छन् ।

प्रधानमन्त्री दाहाल हँसिलो र शालिन तरिकाले बसेका छन् । दाहालले ओलीलाई आत्मैदेखि सम्मान गरेको जस्तो हाउभाउले देखाएको छ । तर, ओली निकै आक्रामक रुपमा प्रस्तुत भएको जस्तो तस्वीरमा देखिएको छ ।

तर, एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले दाहालतिर पर्ने गरेर उपरखुट्टी लगाएर बसेका छन् । ओलीले दाहाललाई आफ्नो दाहिने खुट्टाको कालो जुत्ता देखाएका छन् । दाहालले आफ्ना दुबै खुट्टा सहज रुपमा राखेका छन् । दाहालले पनि आफ्ना खुट्टालाई ओलीले जस्तै गरेर राख्न सक्थे होला । तर, त्यस्तो अभद्र शैली दाहालले देखाएका छैनन् ।

तस्वीरमा ओलीको बसाइँ निकै असहजपूर्ण देखिएको छ । ओलीले दाहाललाई निकै हेपेर सोफामा बसेको भनेर सामाजिक सञ्जालमा आलोचना भएका छन् ।

एमालेका अध्यक्ष ओली निकै अहँकारी र घमण्डी भएको आरोप लाग्ने गरेको छ । ओलीले आफ्ना आलोचकहरूलाई रुचाउँदैनन् । ओलीलाई कुनै मान्छे मन परेन भने त्यसलाई समाप्तै पार्ने गरेको आरोप एमालेभित्र छ । त्यही कारणले एमालेभित्र ओलीको आलोचना कसैले गर्दैैनन् । ओलीको आलोचना गर्नेहरूले एमाले भन्ने पार्टी नै छाडेर अरु गन्तव्य पकडी सकेका छन् ।

एमालेको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका छन् । ओलीसँगको सहमतिअनुसार दाहालले सभामुख पद एमालेलाई दिइसकेका छन् । राष्ट्रपति पदमा पनि एमालेलाई सहयोग गर्नुपर्ने ओलीको दवाव छ । तर, दाहालले राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोजिने बताउने गरेका छन् ।

नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गरिरहेको छ । कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवार बनाउने जनाइसकेको छ ।

Published : Tuesday, 2023 February 14, 9:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया