एमालेलाई ढालेर कांग्रेसले खाता खोल्यो, देउवाले राखेको ढोक्सामा एमाले फसस्यो
काठमाडौं । एमालेको अहँकार र घमण्ड भत्किएपछि नेपाली कांग्रेसले एउटा प्रदेशमा सरकार बनाएको छ ।
बिहीबार कांग्रेसले सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा सरबार बनाएको हो । कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशीले शाहलाई बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । शाहले प्रदेश मुख्यमन्त्रीमा नियुक्त गर्न बिहीबार दाबी पेस गरेका थिए । नवनियुक्त मुख्यमन्त्री शाहको शुक्रबार शपथ ग्रहणको कार्यक्रम छ ।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १९ सांसद छन् । माओवादी केन्द्र ११ सांसद छन् । माओवादीका एक जना सांसद सभामुख छन् ।
एमालेका १० सांसद सदस्य छन् । नागरिक उन्मुक्ति पार्टीको ७ जना सदस्य छन् । नेकपा (एकीकृत समाजवादी)का ४ सांसद सदस्य छन् । राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन् ।
पुस २७ गते माओवादी केन्द्र ११, एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७ र एक जना राप्रपा सांसदको समर्थनमा एमालेले सरकार बनाएको थियो । एमालेको संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले बिहीबार प्रदेश सभा बैठकमा विश्वासको मत लिन असफल भएपछि सरकार ढलेको छ ।
एमालेका नेता रावलले प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका थिए । नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सो प्रावधानअनुसार विश्वासको मत लिने अन्तिम दिन प्रदेश सभामा मुख्यमन्त्री रावलले राखेको विश्वासको मत प्राप्त गर्ने प्रस्ताव नै अस्वीकृत भएको छ ।
एमाले, माओवादी, नाउपा र राप्रपाको समर्थनबाट २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधानको धारा १६८ (४) अनुसार विश्वासको मत लिने बिहीबार अन्तिम दिन थियो ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेपाली कांग्रेसले माछामार्न ढोक्सा थापेको भन्दै आलोचना गरेका थिए । कांग्रेसको ढोक्सामा एमालेको सुदूरपश्चिम प्रदेश सरकार परेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेको एउटा सरकार ढालेर आफ्नो कला देखाएका छन् । एमालेको शानदार पराजयसँगै कांग्रेसले आफ्नो रणनीति देखाएको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया