रवि लामिछानेले उत्पात मच्चाइरहेका बेला अर्का सांसद पक्राउ
काठमाडौं । प्रहरीले नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरीलाई पक्राउ गरेको छ ।
बिहीबार प्रहरीले बाँकेको कोहलपुरबाट चौधरीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता तथा डीआइजी पोषराज पोखरेलले बताएका छन् ।
चौधरी कैलालीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
अपराध गरेर चौधरी ९ वर्षसम्म भागेका थिए । फरार रहेका चौधरी पटक–पटक निर्वाचन लडेका थिए ।
प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको थिएन ।
अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको थियो ।
अदालतले ८ लाख १९ हजार ४२३ रुपियाँ बिगो भराउन पनि आदेश दिएको छ । आगजनी मुद्दा २०६५ साल भदौ ३ गतेको थियो ।
लु २ त २११ नम्बरको ट्याक्टर साजन चौधरीले चलाएर चिसापानीस्थित गोरांगा खोलामा ढुंगा लिन गएका थिए ।
ढुंगा लोड गरी फर्किने क्रममा अरूण चौधरी लगायतको समूहले ट्याक्टर रोक्न लगाएर चालकमाथि कुटपिट गरेका थिए ।
अरुण चौधरीको समूहले ट्याक्टरमा आगो लगाएर नष्ट गरिदिएको थियो ।
ट्याक्टर लम्कीचुहा नगरपालिकाका महादेव बजगाईंको थियो । जो २०७४ मेयर भएका थिए ।
बजगाईं कै जाहेरीले उनीहरूविरूद्ध मुद्दा दर्ता भई अदालतबाट आदेश भएको थियो ।
बजगाईंले आफ्नो ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपियाँ बराबरको क्षति पुगेको दाबी गरेका थिए ।
अदालतले पनि उक्त बिगो असुल्न आदेश दिएको थियो ।
अदालतको फैसला र आदेश हुँदा पनि पनि लामो समयसम्म फरार सूचीमा रहेका अरुण चौधरीलगायतलाई प्रहरीले पक्राउ गरेको थिएन ।
दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रबार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद अरुण चौधरी भएको खुलेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता कीर्ते काण्डमा उत्पात मच्चाइरहेका बेला प्रतिनिधि सभाका अर्का सांसद पनि पक्राउ परेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया