भगवानको दर्शन गर्दा पैसा लिने लुम्बिनीको ‘निकम्मा’ नेतृत्व, अवधेशले चाकडी गरेरै कुर्सी बचाए
काठमाडौं । लुम्बिनी विकास कोषको ‘निकम्मा’ नेतृत्वले भगवान गौतम बुद्धको दर्शन गर्न आउने भक्तालुहरूसँग रकम असुल्ने गरेका छन् ।
संसारमा भगवानको दर्शन गर्दा पैसा लाग्दैन । श्री पशुपतिनाथ बाबाको दर्शन गर्दा पनि पैसा लाग्दैन ।
तर, लुम्बिनी विकास कोषको ‘निकम्मा’ नेतृत्वले भगवान गौतम बुद्धको दर्शन गर्न भक्तालुहरूसँग रकम लिने गरेको छ ।
पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोष उस्तै प्रकृतिका हुन् । पशुपति क्षेत्र विकास कोषले भगवानको दर्शन गर्न पैसा लिँदैन तर, लम्बिनी विकास कोषले भगवान गौतम बुद्धको दर्शन गर्न रकम उठाउँछ ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले सरकारले साधारण खर्च नदिने भएका कारण आफूहरूले भगवान गौतम बुद्धको दर्शन गर्न शुल्न लिने गरेको बताए । उनले भने, ‘सरकारले साधारण खर्च दिँदैन । हामीले सेवा तथा संरक्षण वापत टिकट काटेर रकम उठाउने गरेका छौँ । हामीलाई सर्वोच्च अदालतले नै सेवा तथा संरक्षण शुल्क उठाउन ०६४/०६५ सालमा आदेश दिएको छ ।’
अदालतले अनुमति दियो भन्दैमा भगवानको दर्शन गरेको पनि शुल्क लिने काइते कार्य गर्न मिल्छ ? गम्भीर प्रश्न उठेको छ ।
हुन त लुम्बिनी विकास कोषको नेतृत्व र ठूला कर्मचारीहरूलाई क्रिश्चियनहरूसँग पैसा खाएर बौद्ध धर्मको आस्थामा ठेस पुर्याउन दर्शन गर्न आउनेसँग रकम असुल्ने गरेको आरोप छ ।
लुम्बिनी विकास कोषसँग आम्दानीका अन्य थुप्रै स्रोतहरू पनि छन् । ती स्रोतहरू हुँदाहुँदै निकम्मा नेतृत्वले भगवानको दर्शन गर्दा पनि रकम लिने गरेको छ । लुम्बिनीमा भगवानको दर्शन गरेर पैसा नै उठाउनुपर्ने अवस्था छैन । लुम्बिनी निकै धनी मन्दिरमा पर्छ । यो कुरो नेतृत्वलाई राम्रोसँग थाहा छ ।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले भगवान गौतम बुद्धको दर्शन गर्न शुल्क लिएको विषयमा स्पष्ट जवाफ दिन सकेनन् । शाक्यले पनि काइते जवाफ दिएका छन् । उनले भने, ‘सेवा तथा संरक्षण शुल्क लिइएको हो । भगवानको दर्शन गर्न पैसा लाग्दैन ।’
तर, भगवान गौतम बुद्धको दर्शन गर्न जाँदा सुरक्षाकर्मीले मुख्य गेटबाट टिकट नदेखाउने हो भने छिर्नै दिँदैन । अझ रोचक कुरा त के छ भने भगवान गौतम बुद्धको मुख्य मन्दिरमा बर्दी लगाएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी बसेका हुन्छन् । सुरक्षाकर्मीहरूले भक्तालुहरूलाइ धम्काइ रहेका हुन्छन् ।
विदेशी नागरिकसँग शुल्क लिनु उचित भए पनि स्वदेशी नागरिकहरूसँग टिकट बिक्री गरेर दर्शन गरेको रकम उठाउने भनेको धार्मिक अस्थामाथिको गम्भीर चोट हो । स्वदेशी हुन् वा विदेशी कुनै पनि भक्तसँग रकम लिनै हुँदैन ।
भगवानको दर्शन गर्न टिकट काट्न लगाएर धार्मिक आस्थामाथि लुम्बिनी विकास कोषको नेतृत्वले ठूलो घात गरेको छ । अदालतले रकम उठाउन अनुमति थियो भन्दैमा भक्तजनसँग रकम उठाएर धार्मिक अस्थामाथि घात गर्ने अधिकार नेतृत्वलाई छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सुदन किराँती नयाँ मन्त्रीका रुपमा आएका छन् । किराँतीले लुम्बिनी विकास कोषको निकम्मा नेतृत्वको गतिविधिलाई सुक्ष्म रुपबाट हेर्छन् वा हेर्दैनन् भगवान गौतम बुद्धप्रति आस्था राख्नेहरूले ध्यान दिएर हेरेका छन् ।
लुम्बिनी विकास कोषले नेपाली विद्यार्थीसँग रु.१०, उमेर पुगेका नेपाली नागरिकसँग रु. २०, भारतीय नागरिकसँग रु.६४, म्यानमारसहित सार्क मुलुकका नागरिकसँग रु.३००, विश्वभरिका विदेशी नागरिकसँग रु.६०० तथा रुपन्देही, कपिलवस्तु र नवलपरासीका नागरिकसँग शुल्क लिइँदैन ।
सूचना अधिकृत बस्नेतका अनुसार लुम्बिनी कोषमा २८० जना कर्मचारी छन् र तीनलाई पाल्न भगवान गौतम बुद्धको दर्शन गर्दा शुल्क लिइएको काइते तर्क अगाडि सारेका छन् ।
शुल्क उठाउन अरु धेरै ठाउँ छन् । कर्मचारीलाई तलव खुवाउनकै दर्शन गर्दा पैसा उठाउनु पर्दैन् । भ्रष्ट र निकम्मा नेतृत्व लुम्बिनी विकास कोषमा आएपछि हुने यस्तै हर्कत हुन् ।
लुम्बिनी विकास कोषभित्र कति धेरै भ्रष्टाचार छन् । अख्तियार दुरुपयोग अनुसन्धानमा गएर फाइलहरू हेरे पुग्छ । लुम्बिनी विकास काेषमा नियुक्ति खान कराेडाैकाे चलखेल हुने गरेकाे छ ।
लुम्बिनी विकास कोषको उपाध्यक्ष अवधेश त्रिपाठी हुन् । त्रिपाठीले नाम बदलेर भिक्षु मैत्रेय राखेका छन् । उपाध्यक्ष त्रिपाठीका कर्तुतहरू गतिला छैनन् । उपाध्यक्षमा टिकिरहन त्रिपाठीले हदैसम्मका हर्कत गरेका छन् ।
उपाध्यक्ष पदमा बसिरहन त्रिपाठीले तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रेम आले, जीवनराम श्रेष्ठलाई राम्रोसँग चाकडी गरेर कुर्सी बचाइरहेका छन् ।
त्रिपाठीले नयाँ पर्यटनमन्त्री किराँतीलाई पहिलाका मन्त्रीहरूलाई जस्तो चाकडी गरेर उपाध्यक्ष पदको कुर्सी बचाउन सक्छन् कि सक्दैनन्, हेर्न बाँकी छ ।
उपाध्यक्ष त्रिपाठीसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । त्रिपाठीका स्वकीय सचिव भोलाप्रसाद गुप्ता पनि सम्पर्कमा आउन चाहेनन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया