राजकिशोर यादवद्वारा यी विवादित मन्त्रीलाई बर्खास्थ गर्न संसदभित्रै प्रधानमन्त्रीलाई दवाव
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता तथा सांसद राजकिशोर यादवले मन्त्री पदमा बसेर संघीयता र गणतन्त्रको विरोधमा अभिव्यक्ति दिने मन्त्रीलाई बर्खास्थ गर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै जसपाका सांसद यादवले संघीयता र गणतन्त्रको विरुद्धमा बोल्ने मन्त्रीलाई बर्खास्थ गरेर दण्ड दिनुपर्ने बताए ।
उनले भने, ‘यहाँ कुरा भएको छ भ्रष्टाचारको, पदीय आचरणको जिम्मेवारी बहन गर्न सकेन भने त्यो भ्रष्टाचार हो । आज नेपाल सरकारका मन्त्रीले यो संविधानको शपथ खाएर, संविधानको बर्खिलाफ गरेको छ । संविधानको विरुद्धमा बोल्दै हिँडेको छ । त्यो भ्रष्टाचार अन्तर्गत आउँछ कि आउँदैन ? एउटा मन्त्रीले शपथ खाएर, राज्यको सुविधा उपयोग गरे, यो संविधानमा राज्यको परिभाषा संघीय लोकतान्त्रिक गणतन्त्र भनेर स्पष्ट लेखेको छ ।’
‘त्यसको बर्खिलापमा बोल्दै हिँडेको छ । यो राजनैतिक बेइमानी हो’, उनले भने, ‘राष्ट्रिय सभामा प्रधानमन्त्रीजीले मन्त्रीसँग स्पष्टीकरण सोध्छु भन्नुभएको थियो । त्यो स्पष्टीकरण सोधेको के भयो ? यो विषयमा सरकारको धारणा माग गर्न चाहन्छु ।’
उनले भने, ‘यदि यहि रवैया रह्यो भने हामी सदन घेर्नको लागि बाध्य हुने छौँ । होइन भने यस्ता अनुशासनहीन, संविधान नमान्ने मन्त्रीलाई बर्खास्थ गर्नुपर्छ ।’
‘यो संघीयता, यो संविधानको मूल मर्म हो । आत्मा हो’, सांसद यादवले भने, ‘संघीयता कसैको कृपाले, यो गणतन्त्र कसैको आशीर्वादले र यो देशको समानुपातिक, समावेशी कसैको दहेजमा आएको होइन ।’
उनले भने, ‘लाखौं लाख नेपाली जनताको संघर्ष, बलिदानबाट, आन्दोलनबाट स्थापित भएको विषय हो । कसैको रहरमा, कसैको चाहनाको भरमा सम्झौता गर्न सकिदैन ।’
‘जनताको बीचमा जानुपर्छ । कार्यकारिणी अधिकारमा बस्ने, मन्त्री बन्ने, मन्त्री पदको दुरुपयोग गर्दै संघीयता र गणतन्त्रको विरोधमा बोल्यो भने जसपा चुप लागेर बस्न सक्दैन’, उनले भने, ‘यो विषयमा प्रधानमन्त्रीको धारणा के हो जानकारी चाहिन्छ ।’
जसपा नेता यादवले भने, ‘या त यो सरकारको नाक काटिन्छ, या त यो सरकारको ज्यान जान्छ । अरु के नै हुन्छ र ? बिगत हप्ता, दश दिनदेखि राष्ट्रिय राजनीतिको राजनीति पटलमा जुन घटनाहरू घटित भए त्यो घटनाको बारेमा सोँच्दा पनि हामी जनप्रतिनिधि हौँ भन्न लज्जाबोध भएको छ ।’
‘यो पार्लियामेन्टमा बहस गरिरहेका छौँ । यही सदनको अगाडि एक जना नेपाली युवाले म यो देशमा गरि खान पाएन भनेर प्रेमप्रसाद आचार्यले आत्मदाहा गर्छ’, उनले भने, ‘आज यो सदनभित्र विशेष प्रस्ताव आउला के कति कारणले आत्मदाह गर्न बाध्य भए ? त्यसका बारेमा चर्चा होला तर, आज यो सदन मुर्दाको रुपमा स्थापित भएको छ ।’
उनले भने, ‘प्रेम आचार्यको बारेमा कसैलाई चिन्ता भएन । चासो भएन । हामी अर्कै गाथा र अर्कै गीत गाइरहेका छौँ ।’
‘सप्तरी निवासी सामाजिक रुपमा पिँधमा रहेको दलितमा पनि महा–दलित रामदेव मरितले छोराको विवाहमा लिएको ऋण तिर्न नसक्दा आफ्नो नाक जोगाउनको लागि, इज्जत जोगाउनको लागि आत्महत्या गर्छ’, यादवले भने, ‘हामी यहाँ ठूला गफ गर्छौं । तर, रामदेव मरिकको बारेमा चर्चा गर्ने हामीमा त्यो सम्वेदनशीलता, त्यो जिम्मेवारीपना देखिएन ।’
उनले भने, ‘यो सरकार, सदन र यो व्यवस्थाले ज्यान त बचाउला तर, नाक बचाउन गाह्रो छ ।’
‘योबीचको घटना सर्वोच्च अदालतको संवैधानिक बेन्चबाट निवर्तमान गृहमन्त्रीको बारेमा एउटा फैसला सुनाउँछ’, यादवले भने, ‘यो निर्णयले रवि लामिछानेजी एक दिनको लागि नागरिकता विहीन नेपाली नागरिक बन्नुभयो ।’
उनले भने, ‘यो पूरै मुलुकका, देशभित्रका थुप्रै मिडियाका चर्चाका केन्द्रविन्दुमा रवि लामिछाने, त्यसको नागरिकता उनले बोलेका कुराहरू केन्द्रविन्दुमा रहे ।’
सांसद यादवले भने, ‘मलाई लाग्छ एउटा नेपाली जो चाहिँ नेपाली नागरिकता प्राप्त गर्न योग्य छ । तर, अनागरिक हुँदा, नागरिकता विहीन हुँदा पीडा कस्तो हुँदो रहेछ भन्ने कुरा रवि लामिछानेलाई भन्दा अरुलाई राम्रो जानकारी हुँदैन होला ।’
‘त्यो रात सायद रवि लामिछाने राम्रोसँग सुत्न पनि पाउनुभएको छैन होला’, उनले भनेका छन् ।
‘तर, पूरै यो देशका राज्यले रविको बारेमा कुरा गरिरहँदा, उसको नागरिकताको बारेमा कुरा गरिरहँदा आज लाखौँ लाख नेपालीहरू नेपाली नागरिकता पाउनको लागि योग्य हुँदाहुँदै राज्यको उदासीनताका कारण, सरकारको सम्वेदनहीनताको कारणले गर्दा, हाम्रो व्यवस्थाले गर्दा आज उनीहरू अनागरिक भएर, राज्यविहीन भएर बस्नुपर्ने बाध्यता छ’, जसपाका सांसद यादवले भनेका छन् ।
‘सरकारलाई सोध्न चाहन्छु । कसका कारण उनीहरू अनागरिक हुन बाध्य भए ? यो षड्यन्त्रमा उनीहरू नागरिकता विहीन बनाउनको लागि षड्यन्त्रमा को–को दोषी भए ? किन यो पार्लियामेन्टबाट दुई–दुई चोटी नागरिकता विधेयक पास भएर जाँदा पनि कसको कारणले के कारणले किन रोकेको हो ? यसको जवाफ यो सदनले खोजेको हो’, उनले भनेका छन् ।
यादवले भने, ‘अब कसैले आफ्नो पदको दुरुपयोग गरेर, शक्तिको दुरुपयोग गरेर नेपाल र नेपाली जनतालाई यसरी अन्धकारमा राख्न पाइँदैन । राज्यविहीन बनाउन पाइँदैन ।’
‘लाखौं लाख नेपाली जनताले सोध्दै छन्, हाम्रो नागरिकता खोइ ?’, जसपाका सांसद यादवको प्रश्न छ ।
कानूनमन्त्री ध्रुबबहादुर प्रधानले संघीयता र गणतन्त्रका विरुद्धमा अभिव्यक्ति दिएका थिए ।
एमालेको उक्साहटमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक अध्यादेश रोकेकी थिएन् । त्यसको विरोधमा यादवले सदनमा आवाज उठाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया