अमेरिकन नागरिकले चितवन- २ का मतदातालाई भेँडा बनाए, नागरिकता वितरण गर्ने मन्त्रीको नागरिकता छैन
काठमाडौं । अधिवक्ता स्वागत नेपालले नेपालको गृहमन्त्रीको नागरिकता नरहेको विषय निकै घिन लाग्ने संसारकै कुरुप चित्र रहेको टिप्पणी गरेका छन् ।
मंगलबार एउटा टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा अधिवक्ता नेपालले नागरिकता नभएपछि मन्त्रीको गृहमन्त्रीको पद फुत्किएपछि नागरिकता लिन सीडीओ कार्यालय जानु भनेको संसारकै कुरुप चित्र रहेको बताए ।
उनले भने, ‘जुन देशमा नागरिकता दिने मन्त्रालयको मन्त्रीकै नागरिकता छैन ।’
‘नागरिकता लिन लाइनमा भनेर झुठो फोटो त आयो । रवि लामिछानेजीले नागरिकता सोफामा बसेर लिनुभयो’, उनले भने, ‘मन्त्री खुस्किएपछि नागरिकता दिने मन्त्रालयको मन्त्री नागरिकता लिन गयो ।’
अधिवक्ता नेपालले भने, ‘मान्छेले यसलाई फेरि प्र्रशंसा गरे । यो संसारकै कुरुप चित्र थियो । संसारको घिनलाग्दो चित्र त्यही थियो । जहाँ नागरिकता दिने मन्त्रालयको मन्त्री नागरिकता रहेन रहेछ भनेर फेरि नागरिकता लिन गयो ।’
‘यसको समाचार त त्यो हुनु पर्ने थियो । संसारको कुरुप र घिनलाग्दो चित्रमा यस्तो पात्र उभिइरहेको थियो । जसले सारा देशलाई ढाँट्यो । सारा जनतालाई ढाँट्यो । अदालतलाई ढाँट्यो’, उनले भनेका छन् ।
‘हाम्रो नेपालको पासपोर्ट देख्नेवित्तिकै विदेशीहरूले किन घृणा गर्छन् ? किन भने यो देशको गृहमन्त्री भन्नेसँग आफ्नै पनि राहदानी झुठो हुन्छ’, अधिवक्ता नेपालले भनेका छन् ।
‘त्यसैले नेपालको राहदानी संसारमा हेपिनेमा पहिलो छ’, उनले भने, ‘यसका कु–पात्रहरू यिनीहरू नै हुन् । देशका विरुद्ध जासुसी गर्नेलाई कारबाही गर्ने शासक चाहिएको छ ।’
‘हामी सर्वसाधारण भएको भए हामी हिरासतमा हुने थियौं’, उनले भने, ‘नागरिकता दुरुपयोग गरेको विषयमा धेरै नागरिक हिरासतमा परेका छन् ।’
अधिवक्ता नेपालले भने, ‘राहदानी दुरुपयोग गरेको अभियोगमा धेरै सांसदहरू हिरासतमा परेका छन् ।’
‘दोहोरो पासपोर्ट लिने मान्छेलाई पाँच वर्ष न्यूनतम कैद सजाय हुनेछ । अहिलेसम्म झुठ्ठा विवरण पेस गरेर राहदानीको दुरुपयोग गर्नेहरूलाई यसरी प्रमाणित भएकाहरूलाई १ वर्षभन्दा कम जेल नबसेको कोही छैन’, उनले भनेका छन् ।
‘सामन्तहरू, सुकिला मुकिला, पपुलरहरूका लागि बेग्लै कानून छ । सर्वसाधारणका लागि बेग्लै कानून छ’, अधिवक्ता नेपालले भनेका छन् ।
उनले भने, ‘रवि लामिछानेले व्यवस्था परिवर्तन होइन, अवस्था परिवर्तन गर्न आएको भनेको होइन ? आफ्नो अवस्था परिवर्तन गर्न रहेछ । त्यो त देखियो नि ।’
चितवन २ बाट प्रतिनिधि सभामा अत्याधिक मतसहित निर्वाचित भएका लामिछाने अमेरिकन नागरिक भएको जान्दा जान्दै निर्वाचन आयोगले प्रतिस्पर्धा गर्ने छुट दिएर गम्भीर गल्ती गरेको छ ।
नेपाली नागरिकता नै नभएको अमेरिकन नागरिक अर्थात विदेशी नागरिकतालाई चितवन २ का मतदाताले मतदान गरेर जिताएका छन् । मतदाताहरूलाई लामिछानेले भेँडा बनाएका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया