‘घैंटे तथा घण्टी कांग्रेस’का नेताहरूसँग लामिछानेको गोप्य सम्वाद
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको पुच्छर बनेर उप–प्रधान तथा गृहमन्त्री पद पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ‘घैंटे तथा घण्टी’ कांग्रेसका नेताहरूसँग सम्पर्कमा पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उप–प्रधानसहित गृहमन्त्री पद दिन अनिच्छुक देखिएपछि लामिछाने नेपाली कांग्रेसका केही नेताहरूसँगको सम्पर्कमा पुगेका छन् । लामिछानेले मंगलबार बिहानैदेखि कांग्रेसका केही युवा अर्थात पदाधिकारीहरूसँग सम्वाद गरेको स्रोतले जनाएको छ ।
लामिछानेलाई काठमाडौं ४ बाट उम्मेदवार बन्न नदिएर चितवन पठाएका ‘घैंटे तथा घण्टी कांग्रेस’का नेताहरूसँग सम्वाद भएको स्रोतले जनाएको छ ।
प्रहरी ईन्काउन्टरमा मारिएका गुण्डा नाइके ‘घैंटे’को पक्षमा संसदमा आवाज उठाउने कांग्रेसका नेता र सांसदहरू अहिले आएर पुनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई बोकेर हिँड्न थालेको चर्चा कांग्रेसभित्र छ ।
लामिछानेको पार्टीलाई कांग्रेसका केही कथित युवा नेताहरूले साथ दिएर कांग्रेसका शीर्ष नेताहरूविरुद्ध बागी उम्मेदवार उठाएको आरोप छ ।
‘घैंटे तथा घण्टी कांग्रेस’बारे कांग्रेसभित्र ठूलै आतंक छ । घैंटे तथा घण्टी कांग्रेसको नाममा धेरै अपराध भएको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवासम्म मौखिक र लिखत उजुरी परेका छन् ।
नागरिकता र राहदानी कीर्ते काण्डका नाइके लामिछानेलाई प्रधानमन्त्री दाहालले उप–प्रधान तथा गृहमन्त्री दिने पक्षमा छैनन् ।
एमालेका अध्यक्ष ओलीले पनि लामिछानेलाई बिरालोले मुसा खेलाए जस्तै खेलाइरहेका छन् । सबैका कुरा बुझेपछि सभापति लामिछाने ‘घैंटे तथा घण्टी कांग्रेस’का नेताहरूको शरणमा आइपुगेको चर्चा छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया