त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अबै सामान छिराउन खोजेपछि पक्राउ
काठमाडौं । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
बाह्य मुलुकतर्फ लैजान लागेको साउथ अफ्रिकन रुपियाँ (राण्ड) २३ हजार २ सय ५० सहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ५२ वर्षीय टोपबहादुर बुढा क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
कतार एयरवेजको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै दक्षिण अफ्रिका जान लागेका क्षेत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र २०० दरको २१ थान, १०० दरको १ सय ९० थान, २० दरको २ थान र १० दरको १ थान गरी उक्त अफ्रिकन रुपियाँ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि विदेशी मुद्रा सहित प्रहरी वृत्त गौशला पठाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करहरूको समूहले अड्डा जमाएर बसेको आरोप लागेका बेला अबैध विदेशी मुद्रासहित एक जना व्यक्ति पुनः पाक्राउ परेका छन् ।
कुनै बेला कुख्यात अपराधी चार्ल्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ति नै छिराउन सक्ने अभिव्यक्ति दिएर चर्चित बनेका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया