गगन–शेखरको गुटभित्र बबाल, धनराजको प्रस्तावाले खैलाबैला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला समूहको बैठकमा आन्तरिक विवाद भएको छ ।
आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित पार्टी प्यालेसमा बसेको गुटको बैठकमा नेता कसलाई मान्ने भन्ने विषयमा विवाद भएको हो । उप–सभापति धनराज गुरुङले १५औँ महाधिवेशनमा केन्द्रित भएर अहिलेदेखि नै गुटको नेता शेखर कोइरालालाई मानेर जान प्रस्ताव गरेका छन् ।
उप–सभापति गुरुङले गुटको नेता नभएका कारण गुट भताभुङ्ग भएको र गुटभित्र अराजकता भएको धारणा राखेको एक नेताले बताएका छन् ।
तर, महामन्त्री थापाले गुटको नेताका विषयमा स्ष्ट केही भनेका छैनन् । थापाले आफूलाई १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार बनाउने गरेर तयारी गरिसकेका छन् ।
प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार आफैलाई घोषणा गरेका महामन्त्री थापाले संसदीय दलको नेताको निर्वाचनमा पनि आफै नै उम्मेदवार बनेका थिए ।
नेता कोइरालालाई संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न दिएनन् ।
नेता चन्द्र भण्डारीले समग्र विषयमा गुटभित्र छलफल भएको बताए । उनले कांग्रेस नेतृत्वले गल्ती गर्दै आएको बताएका छन् ।
नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा छ । महामन्त्री थापा सम्पर्कमा कार्यालयमा जान नमानेपछि बत्तीसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा गुटको बैठक बसेको छ ।
महामन्त्री थापाले नेता कोइरालालाई गुटको नेता मान्न अटेर गरिरहेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया