उप–राष्ट्रपतिका सल्लाहकारले रक्सीले मातिएर काठमाडौंमा मध्यराति आतंक मच्चाउँदै हिँडेपछि…
काठमाडौं । उप–राष्ट्रपति नन्दबहादुर पुनको राज्यमन्त्री सरहको सल्लाहकार हुँ भन्ने एक पात्र शुक्रबार राति महाराजगञ्ज चक्रपथबाट पक्राउ परेका छन् ।
मध्यराति मादक पदार्थ सेवन (मापसे) गरेर जथाभावी सरकारी गाडी हाँकेको, डिभाइडरमा ठोक्काएको र सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजीको गाडीमा क्षति पुर्याएपछि मध्यरात साढे एघार बजे समातिएको प्रहरीले जनाएको छ ।
‘जीवन गुरुङ्ग पक्राउ परेका छन् । अनलाइनसमेत चलाउँछु भन्ने उनले आफूलाई उप–राष्ट्रपतिको सल्लाहकार दाबी गरेका छन्’, प्रहरी स्रोतले भन्यो । रक्सीले मातेका चार जनासहित शुक्रबारराति उनीहरू महाराजगञ्ज प्रहरीको फन्दामा परेका हुन् ।
नयाँ बसपार्क क्षेत्रमा साँझदेखि रक्सी खाएर गुड फ्राइडे मनाएका उनीहरूले मध्यरात सडकमा ताण्डव मच्चाएको प्रहरीको भनाइ छ ।
गोंगबुको बिजी मल नजिकै सडकको एउटा डिभाइडरमा गाडी ठोक्काएर अघि बढेपछि उनीहरूले सामाखुसी नजिकै सशस्त्रका पूर्व एआईजी जीतबहादुर पुनको गाडीमा सवारी साधन ठोक्काएका थिए ।
एआइजीको बा. २७ च ४१९८ नम्बरको हाइलक्सलाई पछाडिबाट हिर्काएपछि उनीहरू गाडीसहित भागेको र प्रहरीले पछ्याउँदै जाँदा उनीहरूलाई महाराजगञ्ज प्रहरीले भाग्ने बाटै नभएको अन्तिम बिन्दुबाट समातेको हो ।
गाडीमा गोरखा घर भएका मीनबहादुर घले, पर्वत घर भएका जीवन गुरुङ, सुकेधारा बस्ने सुजन अर्याल मापसे सेवन गरेर ‘फिटान’ अवस्थामा फेला परेका हुन् ।
उनीहरू चढेको गाडीको अगाडिको भाग फुटेको छ । एआइजीको गाडीलाई पछाडिबाट हानेर क्षति पुर्याइएको छ ।
घटनापछि मध्यरात चालक र तीन जना मापसे सेवनकर्ता सबै प्रहरीको फन्दामा परेका छन् ।
पक्राउ परेकाहरूले महाराजगञ्जका इन्स्पेक्टरलाई ‘को हो चिनेको छस् ?’ भनेर धम्क्याएका थिए ।
‘सल्लाहकार’ गुरुङलगायत मापसे सेवनकर्ताहरूले बा.प्र ०१ ०२६ च ८८४३ नम्बरको बीवाइडी कम्पनीको ब्याट्रीबाट चल्ने अत्याधुनिक सुविधायुक्त चिनियाँ गाडी प्रयोग गरेका थिए । सवारी साधन प्राइभेट नम्बर प्लेटको हो ।
उनीहरूलाई राति प्रहरीबाट छुटाउन पुगेको सेतो नम्बर प्लेटको गाडी प्रदेश ३ ०१ ००२ झ ४७७७ फोर्ड कम्पनीको थियो ।
प्रहरीले जीवन गुरुङ्गबाहेक ३ जनालाई हतकडी लगाएपछि छुटाउन एउटा टोली महाराजगञ्ज पुगेको थियो ।
राति नै मेडिकल चेक गर्न लैजान उनीहरूलाई हतकडी लगाइए पनि जीवनलाई हतकडी भने नलगाइएको स्रोतको दाबी छ ।
उनीहरूलाई छाड्न अनेक प्रयास भए पनि एआइजीको गाडीलाई ठोकाएको कारण मापसे प्रयोग गरेर गाडी चलाएकाहरू सबै प्रहरी हिरासत रहेका थिए ।



बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया