गृहमन्त्री लामिछाने आफैले बनाएको कार्यविधि तीन दिनमै उल्लंघन
काठमाडौं । उप–प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफैले स्वीकृत गरेको कार्यविधि तीन दिनमा आफै उल्लंघन गरेका छन् ।
गृहमन्त्री लामिछानेले माघ ३ गते ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि २०७९’ जारी गरेका थिए ।
शुक्रबार साँझ सह–सचिव र उप–सचिव गरी ७० प्रमुख जिल्ला अधिकारी र मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा काज सरुवा गर्दा गृहमन्त्री लामिछानेले आफैले बनाएको कार्यविधि उल्लंघन गरेका हुन् ।
कार्यविधिको दफा ८ को उपदफा २ मा एक अवधि प्रमुख जिल्ला अधिकारी भइसकेको राजपत्रांकित द्वितीय श्रेणीको अधिकृतलाई सहायक प्रमुख जिल्ला अधिकारीमा वा मन्त्रालय वा विभाग वा अन्तर्गतको कार्यालयको समान पदमा खटाई एक कार्यकाल सकिएपछि मात्रै प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइनेछ भन्ने वाक्यांश उल्लेख छ ।
तर, आफ्नै निर्णयबाट गरिको काज सरुवामा लामिछानेले राजपत्रांकित द्वितीय श्रेणीको अधिकृत परमानन्द घिमिरेलाई रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीबाट रोल्पाको प्रमुख जिल्ला अधिकारीमै सरुवा गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया