कांग्रेस हारेकै दिन सुजाताले भेटिन् ओली, एमालेसँग मागिन् राष्ट्रपति
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग भेटवार्ता गरेकी छिन् ।
बिहीबार राति भक्तपुरको बालकोटस्थित निवासमै पुगेर नेतृ कोइरालाले अध्यक्ष ओलीसँग भेट गरेकी हुन् । भेटका बारेमा कोइरालाले केही भनेकी छैनिन् ।
प्रतिनिधि सभाको सभामुख पदमा एमालेसँग कांग्रेसका उम्मेदवार पराजित भएको केही घण्टाभित्रै कोइरालाले ओलीसँग भेट गरेकी हुन् ।
भेटका बारेमा प्रतिक्रिया लिन कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी कोइरालासँग फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
स्रोतका अनुसार नेतृ कोइरालाले एमालेका अध्यक्ष ओलीसँग आफूलाई राष्ट्रपति पदमा सहयोग गर्न आग्रह गरेकी छिन् ।
एमालेका अध्यक्ष ओलीले कांग्रेस नेतृ कोइरालाको कुरामा खासै महत्व नदिएको बुझिएको छ ।
राष्ट्रपतिको निर्वाचन आउन लागेका बेला कांग्रेस नेतृ कोइरालाले ओलीलाई भेट्नु रहस्यको विषय रहेको चर्चा हुन थालेको छ ।
नेतृ कोइराला स्व.गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । पूर्वउप–प्रधान तथा परराष्ट्रमन्त्री समेत रहेकी कोइराला मोरङमा प्रतिनिधि सभा निर्वाचनमा पराजित भएकी थिइन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया