रामहरिले ‘आगो’ बालेपछि गृहमन्त्री तात्तिए, लामिछाने एमालेको पुच्छर बने
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएका एमालेका सांसद लक्ष्मी कोइरी सभामुखको निर्वाचनमा भाग लिएको विषयमा आपत्ति जनाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा समय बोल्ने क्रममा खतिवडाले हत्याको अभियोगमा पक्राउ पुर्जी जारी भएका एमालेका सांसद कोइरीले सभामुखको निर्वाचनमा मत दिन पाउँछन् वा पाउँदैनन् त्यसबारे जवाफ माग गरेका थिए ।
खतिवडाले भने, ‘आज सभामुखको निर्वाचन हुँदैछ । सभामुखको निर्वाचन हुने बेलामा, यस संसदमा हत्याको अभियोग लागेका सांसदहरू पनि यहिँ भित्र छन् भन्ने सुनिन आएको छ ।’
‘म गृहमन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु । हामी चिन्दैनौँ उहाँलाई यहाँ भित्र हुनुहुन्छ कि हुनुहुन्न’, उनले भने, ‘यदि हुनुहुन्छ भने उहाँ मतदान प्रक्रियामा भाग लिन पाउने, नपाउने त्यो निर्णय गरेर मात्रै बैठक सञ्चालन गरियोस् भन्ने अनुरोध गर्न चाहन्छु ।’
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद खतिवडाले रुलिङ गर्न सभामुखसँग आग्रह गरे पनि रुलिङ भएन ।
कांग्रेसका सांसद खतिवडाले गम्भीर प्रश्न उठाएपछि उप–प्रधान एवम् गृहमन्त्री रवि लामिछानेले एमालेका हत्या अभियोगमा सजाय पाएका सांसद लक्ष्मी कोइरीको बचाउ गरेका छन् ।
लामिछानेले भने, ‘फरार रहनुभएका मानिस संसदमा हुनुहुन्छ, उहाँलाई पक्राउ गर्नको लागि भन्नुभयो । विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम, एक ईञ्च बाहिर निस्कदैन ।’
‘त्यसको एउटा प्रक्रिया छ । त्यो प्रक्रियामा कसैले दवाव र प्रभाव दिनुहुने छैन भन्ने कुराको यसअगाडि पनि सदनलाई गराइसकेको छु’, उनले भने, ‘विधि स्थापित गरेर कर्मचारीहरूको सरुवा, बढुवामा पनि विधि सम्मत तरिकाले काम गर्ने र कहिँ कसैको भनसुन नलाग्ने, अपराध नियन्त्रणमा त्यस्तै किसिमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।’
कोइरी महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका निर्वाचित भएका हुन् ।
एमालेका सांसद कोइरीमाथि मधेश आन्दोलनका बेला प्रहरी जवान थमन बिकलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने कार्यमा सहयोग गरेको अभियोग छ ।
कोइरीलाई जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपनि फरार रहेका छन् ।
मधेश आन्दोलनका बेला यस्तै मुद्दा लागेका अरु नेता पनि सांसद र मन्त्री भइसकेका छन् ।
केही दिन अगाडि गृहमन्त्री लामिछानेले हत्या आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका एमालेका सांसद कोइरीलाई पक्राउ गर्न आफूले प्रहरीलाई आदेश दिएको बताएका थिए । तर, अहिले आएर गृहमन्त्री लामिछानेले आफ्नो अभिव्यक्तिलाई बटारेका छन् ।
गृहमन्त्री लामिछानेले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीप्रति भक्तिभाव देखाउन सांसद कोइरीको बचाउमा उत्रिएको आरोप सामाजिक सञ्जालमा लागेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया